Posted by: nut April 24, 2006
young leadership required
Login in to Rate this Post:     0       ?        
They are comming up...just an example of a 10 year old leader from Tanahu... बालकको लोकतान्त्रिक भाषण "ठूलाबा, म पनि भाषण गर्छु," गएको साता गुच्चा खेल्ने उमेरका एक फुच्चेले तनहुँको दमौलीका काङ्ग्रेस जिल्ला सचिव ताराराज रानाको अघिल्तिर आएर भने, "त्यो माइक दिनु न !" आमहडतालको समर्थनमा उर्लिएका हजारौँ लोकतन्त्रवादीलाई सम्बोधन गर्ने कार्यक्रम उद्घोषण गररिहेका उनले फुच्चेका कुरालाई सुरुमा खासै महत्त्व दिएनन् । तर, कैलाश पाण्डे, १०, ले अड्डी कसे । दूधेदाँत पनि राम्ररी नसाट्टइिसकेको बालकले त्यतिका मान्छेका अघिल्तिर बोल्छु कि बोल्छु भनेको देख्दा ताराराजलाई 'एक मौका दिउ“m न त' भन्ने लागेछ । दुई मिनेटका लागि भनेर कैलाशले मञ्च पाए । तर, अचम्म ! कुनै परपिक्व नेताले जसरी कैलाशले २० मिनेटसम्म धाराप्रवाह भाषण गरे । आफूजस्ता बालबालिकाको सुन्दर भविष्यका लागि लोकतन्त्र जसरी पनि ल्याइदिन ठूलाहरूलाई आग्रह गरे । "सेना-प्रहरी अङ्कल !" चाख मानेर सुनिरहेका सुरक्षाकर्मीतिर र्फकंदै कैलाशले भने, "हिजो तपाईंहरूले छाडेको टियरग्यासले सासै फेर्न सकिएन । तपाईंका पनि मजस्ता छोराछोरी होलान् । तिनलाई सम्झेर अबदेखि यस्ता टियरग्यास नहान्नुहोला । नत्र हामी बालबालिका तपाईंका व्यारेकमा धर्ना दिन बाध्य हुनेछौँ ।" कक्षा ५ मा पढ्दै गरेका कैलाशको बोल्ने कला र परििस्थतिको सुझबुझ देखेर मानिसहरू तीनछक्क छन् । र्‍यालीपछि हुने आमसभाका प्रायः सहभागीलाई अचेल कैलाश पनि सम्बोधन गर्छन् । उनी अङ्ग्रेजीमा पनि उति नै राम्रोसँग भाषण गर्छन् । उनका दामलका साथी टेलिभिजनमा मिक्कीमाउस हेरेर रमाइरहँदा उनी भने भाषण गररिहेका हुन्छन् । भाषणकै कारण दमौलीमा साना नेताका रूपमा उनको प्रसिद्धि पनि बढेको छ । घनश्याम खड्का/दमौली
Read Full Discussion Thread for this article