Posted by: Bhaute April 24, 2006
Revolution aborted ??
Login in to Rate this Post:     0       ?        
नेपे-जी, मर्नु भन्दा अगाडि नै खुट्टा तान्न अलिक भएन जस्तो लाग्यो है मलाई त। म त भन्छु, ७-पार्टीको माग पूर्ण भएको छ (उनिहरुले माग राखेका थिए, युद्धको घोषणा गरेका त थिएनन् नि। त्यसमाथि उनिहरुको मागै काइते थियो त, के गर्नु अब) । सडकमा उत्रेको भिड यदि ७-पार्टीको हैन भने पक्कै यही आन्दोलन निरन्तर रहन्छ ( तर त्यो अब असम्भव प्राय: भैसकेको देख्छु)। यदि यो भिड ७-पार्टीको हो भने उनिहरुको सबै माग पुरा भैसके पछि फेरि कुन आधारमा सडक मै बसिराख भन्नु खै ! बरु अब ७-पार्टीको रोड-म्याप अनुसार चल्न तयार छु भनि गरिएको बाचालाई अधिकतम रुपमा उपयोग गर्न तिर लाग्नु पर्ने पो हो कि ! यसो भएमा न्युनतम जन-क्षति मै गन्तब्यमा पुग्न सकिने सम्भावना देखिन्छ। "राजकीय सत्ता जनतामा मात्र छ" भन्ने स्विकारोक्ति भित्रै कुनै छल-कपट छैन र ७-पार्टी आफ्नो रोड-म्यापमा अडिग छन् भन्ने मान्ने हो भने अझै पनि क्यै आशा गर्न सकिन्छ। म युद्धमा थिईन, त्यसैले युद्धको प्रतिफलमा मैले मेरो हिस्सा खोज्न सकिन। जो युद्धमा थिए, लाग्छ खोजेको सम्पूर्ण पाएकाछन्। भोलि नि:सर्त सम्बिधान सभाको चुनाव गराएछन भने मेरो एक भोट पक्कै पनि लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुनेछ। यहि झिनो आशामा अहिले नै खुट्टा तन्काइन है मैले। -भउते
Read Full Discussion Thread for this article