Posted by: what more April 24, 2006
hoe credible is this website?
Login in to Rate this Post:     0       ?        
.lop-sided he is, but i don't think it is propaganda. to be propaganda, there has to be untruths there, which i don't see. by the way, he is not absolutely one-sided - he does have a video clip where he praises the army guy who lets the protestors go. btw, here is something for nyuser: अपडेट (मध्यान्ह 1215) सिन्धुपाल्चोकका सरकारी कार्यालयहरुमा हिजो राति एकैसाथ गरिएको आक्रमणमा मारिनेमा एक जना सर्वसाधारण भक्तबहादुर श्रेष्ठ, १ सैनिक अनि कम्तीमा चार माअ‍ोवादी मारिएका छन्। भिडन्तमा स्थानीय बासिन्दाको घरमा पनि क्षति पुगेको छ। आक्रमणको क्रममा जिल्ला अस्पताल पनि ध्वस्त भएको छ। अस्पतालमा भएका ११ बिरामी पनि गोलीको छर्राले घाइते भएका छन्। घाइतेमध्ये ३ गम्भीर छन् र आज बिहान सेनाले काठमाडौं ल्याएको छ। अस्पतालभित्रै पनि बम, रगत ध्वंश छ। त्यहाँ आज दिनभर कर्फ्यु लगाइएको छ। क्षेत्र कोलाहलपूर्ण र त्रस्त छ। माअ‍ोवादीतर्फ ठूलो क्षति भएको अनुमान गरिएको छ। शान्तिपूर्ण आन्दोलन चर्किरहेको बेला देशभर युध्दविराम नगरी अस्पतालका बिरामीसमेत घाइते हुने गरेर आक्रमण गरी माअ‍ोवादीले ठूलो गल्ती गरेको छ। यो उनीहरुकै लागि प्रत्युत्पादक हुने निश्चित छ। - http://www.mysansar.com/?p=324#more-324 अपडेट (बिहान 1115) हिजो सिन्धुपाल्चोक सदरमुकाम चौतारामा भएको माअ‍ोवादी आक्रमणमा एक सैनिक मारिएको र ६-७ जना घाइते भएको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। एक सर्वसाधारणसहित कम्तीमा ५ जनाको मृत्यु भएको छ। थप विवरण आउन बाँकी छ। भिडन्त बिहान २ बजेसम्म जारी रहेको बताइएको छ। उता, नेपाल वन टेलिभिजनका दुई पत्रकार तिलक कोइराला र जनक पण्डितलाई हिजो साँझ डिल्लीबजारमा सुरक्षाकर्मीहरुले पत्रकारहरुले नकारात्मक कुरामात्रै दिन्छन् भन्दै कुटपिट गरेको पत्रकार महासंघले जनाएको छ। कोइरालाको मोडल अस्पतालमा उपचार भइरहेको छ भने पण्डित उपचारपछि घर फर्किसकेका छन्। अपडेट (राति 10:13) : देशभर शान्तिपूर्ण जनआन्दोलन चर्किरहेको बेलामा माअ‍ोवादीले सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आक्रमण गरेर बेफ्वाँकमा आफ्नो उपस्थिति देखाउने प्रयास गरेको छ। अहिले दोहोरो भिडन्त जारी रहेको छ भन्ने खबर प्राप्त भएको छ। थप विवरण आएको छैन। सुरक्षा निकायले भने आक्रमणको पुष्टि गरेको बुझिएको छ। - http://mysansar.com/
Read Full Discussion Thread for this article