Posted by: RajaHarischandra April 22, 2006
What is in the Letter to Gyanendra?
Login in to Rate this Post:     0       ?        
नारायणहिटी दरबार्, बन्कर नम्बर् ४२०, काठमान्डौ, नेपाल। महाराजा, यतिखेर मौसुफ सरकार नारायणहिटी दरबारको त्रीभुवन सदन मुन्तिरको बन्करमा राज होइबक्सेको होला। मौसुफका सम्बाददाताहरुले बेला बेलामा बाहिरको ताजा खबर् जाहेर् बिन्ति चडाउदै होलान्। समय यस्तै हो सरकार्, कहिले सासुको पालो, कहिले बुहारिको पालो। तर चिन्ता नगरिबक्सियोस, सरकार, यसमा प्रभुको केहि गल्ति छैन। मौसुफले के गरिबक्सियन? जनताको आशुं पुछ्नका खातिर गाँउगाँउ तिर पाउकष्ट गरिबक्सियन कि पन्च रयालिमा गएर अभिनन्दित भै बक्सियन? मौसुफको बदनको पसिनाको मुल्य कति मुल्यावान छ सरकार, यो भक्त जानफकार छ। देशको शान्तिको लागि, देशको समृद्दिकोलगि, मौसुफले के गरिबक्सेन? देशको निम्ति आफ्नो परिवार समेत भनिबक्सेन, बाटोमा अबरोध हुने आफ्नै परिवारका दाजु, भाइ, कसैलाइ समेत बाकिराखिबक्सिएन। रातोदिनको टेन्सनले मौसुफको गाथमा समेत असर पुर्याएको कुरा किन यि जनाता नामका जन्तुले बुज्दैनन सरकार? यो भक्त को सबभन्दा ठुलो चिन्ता नै यहि छ। अझ तेतिमात्र कहा हो र, आफैले आफ्ना भक्तहरुलाइ साथमा लिइ , मौसुफका पुर्खाले आर्जेको यो मुलुक बनाउने दौरानमा,अलि अलि पकेट खर्चमा भएको बृद्दिलाइ किन यि जनता देखिसहदैन प्रभु? यो अनर्थ हो सरकार। देशको बिकास कसरीगर्ने भनेर एउटाजाबो जेट लिएर भर्खरै भएको अफृकाको भ्रमणलै समेत किन बिरोध सरकार। भक्त अलमल छ। जङलका जनावर्, मन्दिरका मुर्ति समेतलाइ बिदेश घुमाउन लाने मौसुफको प्रयत्नको यो भक्त कदर नगरि कसरि बस्न सक्छ? सरकार! यत्रो लगभग ३ करोड जनताको जिम्मा सरकारको मात्र हो र? पीर नगरिबक्स्योस्, समय उल्टो भएको सरकार। अहिलेलाइ हतार् भयो सरकार्,भक्त बाकि फेरि बिन्ति जाहेर गर्ने छ। प्रभुको जो निगहा। अहिलेलाइ हतार् भयो सरकार्,भक्त बाकि फेरि बिन्ति जाहेर गर्ने छ। सरकारको जो निगहा। प्रभुको भक्त, हरिकृष्णे
Read Full Discussion Thread for this article