Posted by: Bhaute April 22, 2006
२४ घण्टे अल्टिमेटम !
Login in to Rate this Post:     0       ?        
अब यसरी नै अल्टिमेटम दिँदै र कार्यान्वयन गर्दै जानु पर्छ। सत्चितशमशेरले बिबिसीमा बोलेको प्रत्येक शब्द ज्ञानेको पनि हो। यसबाट के कुरा प्रष्ट हुन्छ भने यिनीहरुले नेपालीलाई अझै रैति ठानेका छन। ज्ञाने टस-मस भएको देखिँदैन यहाँ। अब शाहीघोषणा कुर्ने हैन, एक कदम अगाडि बढेर जनघोषणा गर्नुपर्ने बेला भैसकेको छ। जे जे स्थापना गर्ने हो, जनघोषणा बाट गर्नुपर्छ। नारायनमान बिजुच्छेको बिबिसीको अन्तर्वार्ताले मलाई सारै छुब्ध बनायो। ज्ञानेको बाहुलीबाट सँसद पुनर्स्थापना गराउने काइते माग राखेर बिजुच्छेले पनि जनभावनाको कदर गर्न सकेनन्। कम्युनिष्टको एउटा धार समाएको पार्टीको नेता भएर पनि केही राजाबादी मानिएका काँग्रेसीहरुको भन्दा नि तल झरेर खुट्टा कमाएर कुरा गर्नु अत्यन्त लज्जास्पद छ। यस्तो काइते मागलाई छाडेर आन्दोलनकै बलमा एकै समयमा:- सँसदको पुनर्स्थापना (सायद यो नै जनघोषित अन्तरिम सरकार बनाउने सर्वस्विकार्य निकाय बन्न सक्छ), अन्तरिम सरकार , गणतनत्रको घोषणा र नयाँ सम्बिधानको लागि सम्बिधानसभा-चुनावको घोषणा गर्नुपर्छ। यी घोषणा गरेपछि माओबादीको पनि कुनै नयाँ नारा बाँकी रहँदैन। आन्दोलनको बलले गरिएका यी घोषणालाई अन्तराष्ट्रिय समुदायले पनि स्विकार्न बाध्य हुनेछ। हेरौँ, नेताहरु बोलेको कुरा कत्तिको पुर्याउँछन। नसकिने कुरा ज्ञानेकै विररद्ध पनि नबोल्नु नै ठीक कुन्छ, नत्र जनविश्वास हराउँछ।
Read Full Discussion Thread for this article