Posted by: world_map April 22, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
हो भौते, त्यो सत्त्चित् भनाउँदोको बिबिसीमा कुरा सुनेर यत्ति रीस उठ्यो कि कम्प्युटर नै फुटाईदिउँ जस्तो लाग्यो, फेरी आफ्नै कम्प्यूटर त हो नि भनेर चूप लागें। तर पनि यति रीस उठिरह्यो कि कुर्सीमा बसिरहनै सकिनँ, गएर एकछिन सुतेर बल्ल अलि कम भो र अहिले आएको। त्यसले काठ्माडौंका जनताको ठूऽऽलो अपहेलना गरेको छ, त्यसको शिरछेदन हामी पक्कै गर्नेछौं। र यो कुराले नेपालको सत्ता काठ्माडौंका केही उच्च वर्ग (city elite) को हातमा छ भन्ने माओवादी दावीलाई पनि सत्य सावित गरेको छ, गणतन्त्र आएपछी नेपालको राजधानी नसारी हुँदैन। काठ्माडौं जागेर यस्ता रक्तपिपासु दानवहरूलाई चाँडै नै खरानीमा परिणत गरिदिनेछ। अनि समानता र भ्रातृत्त्वको गणतन्त्र स्थापना हुनेछ। सारा शहीदहरूलाई मेरो फेरी सलाम।
Read Full Discussion Thread for this article