Posted by: hyperthread April 21, 2006
Interview of Bamdev Gautam and Ghalaknath Khanal
Login in to Rate this Post:     0       ?        
parewa.com कलंकीमा हत्या गरिएकालाई 'आतंककारी'को बिल्ला (Updated) कलंकीमा बिहीबार हत्या भएको पुष्टि भएका तीनै जनालाई आतंककारीको बिल्ला भिराउने तयारी सरकारले गरिरहेको छ। सरकारको दुरर्नियतबाट मृतकका आफन्तहरु विहृवल भएका छन्। बिहीबार सनाखत भएका वासु घिमिरेको शव लिनका लागि सुरक्षाकर्मीले खाली कागजमा हस्ताक्षर गर्नुपर्ने शर्त अघि सारेका छन्। आफन्तहरुले सुरक्षाकर्मीको यस्तो चालबाजीलाई माओवादीको बिल्ला भिराउने षड्यन्त्रको रुपमा बुझ्दै शुक्रबारसम्म हस्ताक्षार गरेका छैनन्। मृतक घिमिरेका अफन्त रुद्र चौलगाइँले परेवालाई दिएको जानकारी अनुसार शुक्रबार मात्रै शव बुझ्न भनी सुरक्षाकर्मीले तीन पटक ताकेता गरिसकेको छ। प्रहरीले मृतककी श्रीमती सुनितालाई खाली कागजमा हस्ताक्षार गर्न दबाव दिइरहेका छन्। कलंकीस्थित एउटा फर्निचर उद्योगमा सिकर्मीको रुपमा काम गर्दै आएका घिमिरे हेटौंडा निवासी हुन्। यसैगरी गोली लागी मृत्यु भएका अर्का एक युवकको शुक्रबार नाम खुलेको छ। उनी १८ वर्ष सगुन ताम्राकार भएको कलंकीबाट परेवा सहकर्मीले जनाएका छन्। सगुनकी आमा शुक्रबार कलंकीमा भइरहेको प्रदर्शनमा रोई-रोई सामेल भइरहेको जनाइएको छ। 21 Apr, 2006 (14:56 NST)
Read Full Discussion Thread for this article