Posted by: rickynepal April 21, 2006
Butwal breaking news
Login in to Rate this Post:     0       ?        
बुटवल तनावग्रस्त, त्रिभुवनको शालिक ढालियो शाही घोषणाको विरोधमा बुटवलमा विशाल सहभागिताका साथ मसाल जुलुस निस्किएको छ। शुक्रबार राति निस्किएको मसाल जुलुसले गोल्पार्कमा रहेको राजा त्रिभुवनको शालिक पनि ढालिदिएका छन्। बुटवलबाट परेवा सहकर्मीले दिनुभएको जानकारी अनुसार बुटवल अहिले एकदमै तनावग्रस्त बनेको छ। राजा त्रिभुवनको शालिक तोडफोड गर्ने क्रममा भएको झडपमा एक विद्यार्थी घाइते भएका छन्। त्यसैगरी शाही घोषणाको विरोधमा भैरहवा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासीमा पनि मसाल जुलुस निस्किएको छ।
Read Full Discussion Thread for this article