Posted by: naya lahure April 21, 2006
Lokatantrik Gajal by Premarshi
Login in to Rate this Post:     0       ?        
गजल धीरेन्द्र प्रेमर्षि गल्ली-गल्ली आन्दोलनको हुरी चल्दैछ बन्दुकसँगै निरोको बाँसुरी चल्दैछ क्रान्तिगीत जता-ततै घन्किएको बेला श्रीपेचको आड्मा कुरी-कुरी चल्दैछ पापको त्यो घैँटो अब भरिसक्यो राजा कराई-कराई दरबारको धुरी चल्दैछ एक-दुई कुकुर हड्डी च्यापी भुक्छन् राजतन्त्र त्यसकै भरमा उनको चुरी-फुरी चल्दैछ भुसुना र झिङ्गा ठानी जनता अल्झाउन फेरि नया जाल बुन्न माकुरी चल्दैछ मुकुट मुनि मोज गर्ने उनको सेना-मेना शिरसँग बढाउँदै जान दूरी चल्दैछ राष्ट्रमाथि पुस्तौँदेखि बलात्कार गर्ने शरीर त गल्यो, तर 'तुरी' चल्दैछ कति उड्ला बाज, जब सारा जनताकै मनमा शान्ति, हातमा खुकुरी चल्दैछ २०६३/०१/०७ कृपया तपाईँ पनि आफ्ना रचना थप्नुहोस्।
Read Full Discussion Thread for this article