Posted by: SolukhumbuHeights April 21, 2006
Few Questions to Gyanendra Shah
Login in to Rate this Post:     0       ?        
झ्यालढोका सबै बन्द गरेर बिरालालाई कोठामा चुट्दा आत्मरक्षाका लागी बिरालो आफुलाई चुट्नेमाथि झम्टिन पुग्छ। यो प्राक्रितिक न्याय हो। अहिले स्वतन्त्र भएर घुमफिर गर्ने आफ्ना न्यायपुर्ने आकांक्षा प्रकट गर्ने सबै नागरिक हकहरुमाथि बन्देज लगाइ बन्देजहरु बिरुद्ध मुख खोल्न साहस गर्ने नागरिकहरुमाथि हिटलरलाई पनि बिर्साउने ज्यजती थोपरिदिदा राजाको शासनमा नागरिकहरुको अवस्था बन्द कोठामा चुटिने बिरालोको जस्तै भएको छ। त्यसैले प्रताडनामा परेका नागरिकहरु आफ्नो शारीरिक र नैतिक अस्मिताको रक्षागर्न मुलुकभरि आक्रोषको सामूहिक भाषामा बोल्न थालेका छन्। हामीलाई के लाग्छ भने अब राजासंग ठाडो संवाद गर्ने बेला आएको छ। सर्वसाधारण नागरिकहरु भावनात्मक कुरा त्यति धेरै बुझ्दैनन्। तर ज्यान र धनका कुरा भने तिनले राम्रैसंग बुझ्छन्। त्यसैले मुलुकभरिका निरंकुशता बिरोधी नागरिकहरुका तर्फबाट हामी नेपालका राजा मानिने ज्ञानेन्द्र शाहलाई केहि प्रश्न सोध्दैछौं। १) पर्दा पछाडि बसेर तुलनात्मकरुपले भलाद्मी र उदार मानिने राजा बिरेन्द्रको परिवारको हत्या गर्ने षड्यन्त्रको तानाबाना बुनेको कसले हो? २) राष्ट्रियकरण गरिनुपर्ने राजा बिरेन्द्रको परिवारका सबै सदस्यका नाममा भएको खरबौं रुपियांको सम्पत्ति आफैं हडपेको कसले हो? त्यो सम्पत्तिको एक्किन हिसाब कति हो? ३) दाजु वीरेन्द्रका पालामा दरबारको वार्षिक भत्ता १२ करोड रुपैयां थियो। शासनको बागडोर आफ्ना हातमा लिएपछि आफुखुशी बढाउंदै लगेर भत्ताको रकम अहिले कति करोड वा अरब पर्यइएको छ? जनताका रगत र पसिनाबाट राज्यको कोषमा जम्मा भएको अनुमतिले यसरी ब्रम्हलुट गरिएको हो? ४) आफ्नै हुकुम अनुसार गराइएका अभिनन्दन, देवीदेवताहरुको पाखण्डपूर्ण दर्शन आदिमा नाश गरिएको रकम कति हो? ५) युवराज पारस गोठालो भएर अष्ट्रियाको चिडियाखानामा गैंडा पुर्याउन जाँदा कति रकम बर्बाद गरिएको हो? ६) मुलुकका बहुसङ्ख्यक जनता गरिबी र द्वन्दको मारमा परेर भोकै र नाङ्गै तड्पीरहेका बेला दरबारका लागि कतिवटा बुलेटप्रुफ गाडि र हार्ली डेविडसन् जस्ता वाहनहरु खरिद गरिएका छन्? त्यो कुन श्रोतबाट कुन नियमका आधारमा झिकिएको हो? अनि त्यो विलासी खर्चको कुल रकम कति हो? ७) राजनैतिक, आर्थिक र कुटनैतिक कुनै द्रिष्टिले पनि एकरत्ती अर्थ नराख्ने अफ्रिका भ्रमणमा राज्यकोषको कति रकम खरानी परियो? ८) जारी द्बन्द्बको न्यायपुर्ण समाधानलाई बेवास्ता गर्दै युद्द र सैन्यवादलाई बढाएर हातहतियार र गोला-बारुद खरिद गर्दा राजालाई कति कमिसन लाभ भएको छ? ९) राज्यलाई कङ्गाल पारेर कुनकुन बिदेशी बैङ्कमा कति रकम थुपारिएको छ? १०) अगाडिका कुरा नगरौं, लोकतन्त्रका पक्षमा अहिले चलिरहेको शान्तिपूर्ण आन्दोलनका मात्र पाँचजना भन्दा बढि नागरिकको जघन्य हत्या भइसकेको छ। मन्दिर, शिक्षालय, अस्पताल, पसल र घरघरमा निर्मम कुटपिटमा परी हजारौं नागरिकहरु अपमानित र प्रताडित भएका छन्। अङ्गभङ्ग हुनेहरुको सङ्ख्याले पाताल छुने बेला भइसक्यो होला। छर्लङ्गै देखिएको कुरा के हो भने यो ज्याजतिका दुई नम्बरका अपराधी गृहमन्त्री कमल थापा हुन्। कमल थापालाई हदैसम्म ज्यादती गर्न आदेश दिने एक नम्बरको अपराधी को हो? ११) राजालाई स्वतन्त्रताप्रेमी नागरिकहरुलाई मर्ने र राज्यकोषको रकम व्रम्हलुट गर्ने अधिकार कुन विधि, नीति र नियमबाट प्राप्त भएको हो? १२) दरबारको कुनै सदस्यले आफैंले चलाएको महेन्द्र प्रक्रिति संरक्षण कोषको पजेरोले किचेर कलाकार प्रवीण गुरुङको ज्यान लिएको ज्याजती इतिहासमा मेट्नै नसकिने गरी लेखिएको छ। के कलाकारका हत्यारालाई राजाले न्यायको कठघरामा उभ्याउनु पर्दैन? यी मुलुकका लोकतन्त्रप्रेमी, विधिको शासनप्रेमी र शान्तिप्रेमी नागरिकहरुका न्यायोचित प्रश्नहरु हुन्। यी प्रश्नहरुको सार्वजनिक रुपले उत्तर दिन राजा मानिने ज्ञानेन्द्र शाहलाई मुलुकभरिका नागरिकहरुले एक साताको म्याद दिएको छ। हामी हौं जागेका नागरिकहरु!
Read Full Discussion Thread for this article