Posted by: santoshgiri April 20, 2006
euta kabita desh ko nimti
Login in to Rate this Post:     0       ?        
एकादेशमा? रगतको होली खेल्छन्, सबै मिली जहाँ नयाँ कात्रो ओढी सबै दसैं मान्छन जहाँ भाई बहिनी दिदी दाई मारी, मनाउछन्,तिहार घांटी रेट्दा नेपालीको, नेपाली कै हुन्छ हार रातै भरि रुन्छिन आमा, चिता बाट फर्की मन भारि भएपछी बाबा, आंशु रोक्छन तर्की दिनै भरि सुन्छु रोदन्, चेली बेटी लुटिएका देख्छु जता हेर्दा पनि, केटाकेटी टुहुरिएका कहाँ गयो देशको शान्ति, सुन्दर शान्त बिशाल देशै चिसो पारी दिने यो कस्तो अशान्तिको बादल बुद्ध मुर्ख सिता जुठो यै छ आज ज्ञान थियो एउटा देश नेपाल्, एकादेश्मा जान
Read Full Discussion Thread for this article