Posted by: another_nepali April 20, 2006
नेपालको बास्तबिक समस्या के हो?
Login in to Rate this Post:     0       ?        
Dear All, अहिले नेपालका जनताहरु तिन दुष्टहरु (दरबार, दलहरु र माओबादि) का प्रहार लगातार खपिरहन बाध्य भएका छन्। यि तिन दुष्टशक्तिहरु सत्ताको लागि गिद्धले सिनो लुछेझैं एकआपसमा लडिरहेका छन्। हरएक सामान्य, न्यायप्रेमि र इमान्दार नागरिक यि सबै अत्याचार, बेथिति र लुछाचुडँ केहि गर्न नसकि टुलुटुलु हेरिरन र चुपचाप सहन बाध्य छन्। हेरौं, कस्ता छन् त यि तिन दुष्टहरु। यि तिनमध्ये माओबादि दुष्टहरुको उध्येश्य सबैभन्दा स्पष्ट छ - बढिभन्दाबढि जनताको हत्या गरेर सत्ता कब्जा गर्ने। त्यसैले होला उनिहरु आफुलाइ स्पष्टबादि भन्न रुचाउँछन्। उनिहरु आफ्ना बिचारसगँ असहमत हुनेहरुसगँ छलफल गरेर समय खेर फाल्दैनन्। त्यो काम त एउटा गोलिले केहि सेकेन्डमै सम्पन्न गरिदिन्छ। त्यसैले उनिहरु अरु दुइ दुष्टहरुभन्दा आफ्नो काम बढि efficiently गर्न सफल छन्। बिगत् १०-१२ बर्षमै बिसौं हजारको लास थुप्रिनु यसको अकाट्य प्रमाण हो। बधाइ छ कमरेडहरु!! तपांइहरु आफ्नो लक्ष्यको धेरै नजिक हुनुहुन्छ, अब दुइ-अढाइ करोड जनता मात्र मार्न बाकिं छ। आर्को दुष्टशक्ति दलहरुको उध्येश्य पनि त्यहि हो, प्रजातन्त्रको नाममा जसरि हुन्छ सत्तामा पुग्ने र पहिले १२-१३ बर्ष सत्तामा बस्दा सम्पन्न गर्न नसकिएको लुट सम्पन्न गर्ने। यिनिहरु बोल्दा प्रजातन्त्र, मानबअधिकार, कानुनिराज्य, बिधिको शासन, भ्रस्टाचार निबारण जस्ता सब्दहरु नमिसाइकन बोल्दैनन्। त्यसैले उनिहरुलाइ प्रजातन्त्रबादि भन्ने गरिएको हो। यिनिहरु सत्तामा रहंदा खानेबाहेक केहि गर्दैनन् र सत्ताबाहिर रहँदा ढुगाँमुढा गर्ने, गाडि जलाउने, नाराजुलुश गालिगलौज गर्ने, जबर्जस्ति हड्ताल तथा बन्द गर्ने र सुगारटाइ भाषण गर्ने यिनिहरुको दिनचर्या हो। यसलाइ नै उनिहरु प्रजातन्त्र भन्छन्। सौभाग्यबस्, केहि समययता नेपालको घटनाक्रम यिनै प्रजातन्त्रबादिहरुले भनेजस्तै चलिरहेछ र जनताले प्रयोग गर्न पाउने प्रजातन्त्र अहिले उत्कर्षमा छ। उहाँ प्रजातन्त्रबादिहरुले मात्र प्रयोग गर्न सक्ने प्रजातन्त्र पनि छिटै आउलाजस्तो छ। बधाइ छ प्रजातन्त्रबादिहरु र उहांहरुका समर्थकहरुलाइ!!! तपांइहरु पनि आफ्नो लक्ष्यको धेरै नजिक हुनुहुन्छ, मात्र थप् केहि दिन् ढुगाँमुढा र तोडफोड् होओस्, बिनाकारण अरु थप नेपालिको ज्यान जाओस् र स्थिति अराजकताको परकाष्ठामा पुगोस् न। तपांइहरुको त्यत्रो महान् लक्ष्यको लागि यो त केहिपनि होइन। यो त सुत्केरि हुनुअघि ब्यथा लागेजस्तो मात्रै हो। तेश्रो दुष्टशक्ति दरबारियाहरु सत्तामा टिकिरहन सबैभन्दा सिपालु छन्। यिनिहरु के हुन्, कहां छन् र कस्ता हुन्छन् भन्ने थाहापाउन नेपालको इतिहास राम्रोसगं पढ्नुपर्छ। परापुर्बकालदेखिनै यिनिहरुले जसोजसो भने जनताहरुले त्यसै त्यसै गर्दै आएका छन्। केहि दसकयताचाहिं त्यो गरिदिने ठेक्का दुष्ट दलहरुले लिएका छन्। बधाइ छ दरबारियाहरु, आफ्नो उद्देश्यमा सधैं सफल भइरहनुभएकोमा!!!
Read Full Discussion Thread for this article