Posted by: manoj kafle April 20, 2006
सुरक्षाकर्मीको धरपकड
Login in to Rate this Post:     0       ?        
मैतिदेवी र गोंगबुका घर-घरमा सुरक्षाकर्मीको धरपकड सात राजनीतिक दलले चक्रपथ घेर्ने कार्यक्रमलाई रोक्नका लागि सरकारले कर्फ्र्यु आदेश जारी गरिए पनि बिहीबारको कार्यक्रमा गोंगबु र मैतीदेवीमा सुरक्षाकर्मीहरु र्सवसाधारणका घर-घरमा पसी निर्घत पिट्ने एवं घरमै टियर ग्याँस प्रहार गर्ने कार्य भइरहेको छ। गोंगबुको धरपकडमा दुई दर्जनभन्दा बढी घाइते भएका छन्। प्रहरी घरघरमा गएर आक्रमण गरिरहेका छन् भने घाइतेहरुलाई उपचारको कुनै व्यवस्था छैन। एम्बुलेन्स र उद्दारकर्मीहरुलाई सुरक्षाकर्मीले गोंगबु छिर्न दिएका छैनन्। गोंगबुमा प्रदर्शनकारीहरुलाई दमन गर्नका लागि सेना समेत परिचालन गरिएको छ। पूर्व निर्धारित कार्यक्रम अनुसार गोंगबु गणेशस्थानतर्फाट सुरु भएको जुलुश र सामाखुशीतर्फाट आएको जुलुश एकीकृत हुनैलाग्दा प्रहरीले व्यापक बल प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पारेको थियो। यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई सुरक्षाकर्मीले गिरफ्तार गरेका छन्। घरमै बसीरहेको अवस्थामा केसीलाई बिहीबार अपरान्ह सुरक्षाकर्मीले गिरफ्तार गरेका हुन्। यसैगरी मैतिदेवी क्षेत्रमा पनि सुरक्षाकर्मीहरु सर्वसाधारणका घरघरमा पसी युवा एवं विद्यार्थीहरुलाई निर्घात पिटेको छ। प्रदर्शनकारी भएको आरोपमा एक दर्जन जतिलाई प्रहरी अधिकृत विनोद खरेलको कमाण्डमा रहेको सुरक्षा टोलीले गिरफ्तार गरेको छ।
Read Full Discussion Thread for this article