Posted by: le chef du nuit April 20, 2006
Any update from Nepal?
Login in to Rate this Post:     0       ?        
अपडेट (दिउँसो 205) कलंकीमा सुरक्षाकर्मीले गोली चलाएको छ। अन्धाधुन्ध गोली। अहिलेसम्म गोली चलिरहेको छ। कर्फ्यु क्षेत्रभन्दा बाहिर पनि गोली हानिएको छ। गोली पनि सिसाको हैन। एम्बुलेन्स पनि चल्न दिइएको छैन। घाइतेहरु अलपत्र छन् रे। ५० भन्दा बढी घाइते छन् रे। स्थानीय मेडिकलमा घाइतेहरु अलपत्र छन्। घटनास्थलमा रहनुभएका स्नेह सायमिका अनुसार कलंकी पूरै युध्दग्रस्त क्षेत्र जस्तो बनेको छ। अहिले पनि प्रहरी अलि अगाडि बढ्यो भने लखेट्ने काम भइरहेको छ। लाखौंको संख्यामा मानिसहरु आएका छन्। चापागाउँबाट आएको जुलुसमा पनि गोली हानिएको छ। ग्वार्कोमा पनि गोली चलेको छ। प्रहरीले घाइतेलाई अस्पताल लान पनि दिएको छैन। source: http://www.mysansar.com/?cat=17
Read Full Discussion Thread for this article