Posted by: pire April 20, 2006
Aaja Kranti Chha
Login in to Rate this Post:     0       ?        
जब यि शाह हरु बलिया थिए, यिनले जनताले चुनेको जनताको छोरो बिपि लाई जेलमा सडाएर दश बर्ष सम्म राखे। तिनि बिरामि हुँदा पासपोर्ट सम्म दिइएन। जब यिनि हरु बलिया थिए, यिनले घुम्न गएका दिदि बैनि नमिता सुनिता लाई के गरे जगजाहेर छ जब यिनि हरु बलिया थिए, आफ्नै जेलमा थुनेर राखेका यज्ञ बहादुर थापालाई अदालतमा मुद्दा पुनरावेदनमा छदाछदै गोलि हानेर मारे। न यिनलाई जनताको जिउको महत्व थाहा छ, न यिनलाई नियाँ निसाफ गर्न आउछ, हाम्रा पुर्खाले यिनका पुर्खाको अत्याचार धेरै सहे, आज त्यो सबै अभिशप्त इतिहास उल्टाउने बेला आएको छ साथी हो, आज क्रान्ति छ।
Read Full Discussion Thread for this article