Posted by: rhishi April 20, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
साथीहरू इन्क्लाबी अभिवादन ! सारा देश लोकतन्त्रप्राप्‍तीको आन्दोलनमा जुर्मुराई रहेको बेला, कविता मार्फत लोकतन्त्रको पक्षमा स-सक्त आवाज उठाउने सबै लोकतान्त्रिक फूलहरुलाई उन्नु नै यो धागोको उद्येश्य हो । आउनोस सबै जना हाते मालो गर्दै अघि बढौं र राजतन्त्र नढलेसम्म यसलाई निरन्तरता दिंऊ ! हाललाई मेरो कविता: नेपाली जन ती हेर जागे॥ जागे जागे ! हेर ! अब जागे नेपाली बीर ती, हेर जागे ! हेर सारा बिश्‍व ! यिनी जागे ! विप्लवी पथ ली, अघि लागे ॥ सतकौं सुतेर आज जागे ! दासबाट जन्ता हुन जागे ! इन्क्लाबी नारा लिई जागे ! चेतनापुञ्ज ती अघि लागे ॥ सुकेका तन लिकन जागे ! बिभूक्ष भैकन पनि जागे ! स्वतन्त्रताका निम्ति अब जागे ! हातमा हात ली अघि लागे ॥ “गणतन्त्र” लक्ष लिई जागे ! कवच कात्रोको साथ जागे ! सैलावी गतमा अघि लागे ! कण्टक पथका जति भागे ! नेपाली बीर ती हेर जागे ! हेर सारा बिश्‍व ! यिनी जागे॥
Read Full Discussion Thread for this article