Posted by: miss_ me April 19, 2006
Aaja Kranti Chha
Login in to Rate this Post:     0       ?        
"हो, बा, त्यो आउँछ। त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ। त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ! त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउँछ।" हो र आमा? ............................... ..........."हो, ... त्यो आएपछि तिमी यसरी मेरो काखमा आएर घोप्टिने छैनौ; सत्य कुरालाई तिमी यसरी चुम्बकिएर कथा सुनेझैँ सुन्ने छैनौ; तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र ग्रहण गर्न सक्ने हुनेछौ; मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई सान्त्वना दिँदै विदा हुनेछौ; - गोपालप्रसाद रिमाल
Read Full Discussion Thread for this article