Posted by: chakku April 19, 2006
लोभि भट्टराई
Login in to Rate this Post:     0       ?        
नेपेज्यू, तपाईँका साझाका विचारहरु म अत्यन्त चाखका साथ पढ्ने गर्छु र तपाईँले उठाउनु भएका लगभग सबै जसो कुराहरुमा पूरा सहमत रहने गरेको छु। तर माथि तपाईँले राख्नु भएको काँग्रेसका गणेशमान सिंह, नरहरी आचार्य र गगन थापा बाहेक सबैजना हावादारी प्रजातन्त्रबादी भन्ने विचार पढेर म छक्क परेँ। मेरो आफ्नो लिमिटेड अध्ययन अनुसार मैले के पाएको छु भने आधुनिक नेपालले बिपी कोइराला जस्तो ज्ञानी र इमान्दार प्रजातन्त्रबादी पाएकै छैन। मैले पढेनुसार काँग्रेसीहरुको त कुरै भएन, एमालेका मदन भण्डारी, माओबादीका बाबुराम लगायत राजा महेन्द्रसम्मले बिपीको तारीफ गरेको पढेको छु। तपाईँले कसरी उनलाई हावादारी प्रजातन्त्रबादी भन्नु भयो, कृपया एक्सप्लेन गरिदिनुस। धन्यबाद!
Read Full Discussion Thread for this article