Posted by: RBaral April 19, 2006
लोभि भट्टराई
Login in to Rate this Post:     0       ?        
राजाको माघ १९ को समर्थक? नेपेजी, अहिले अलिकति बेफुर्सद छ्, तर तपाईं सँग राम्रै सँग सिङौरी खेल्नु पर्ने छ यो कुरामा । गूगल् ग्रूप् भन्ने छद्म नाम गरेको बन्द कोठा भित्रका बाहेक सबैलाइ तपाइं माघ १९ कै समर्थक देख्नुहुन्छ? यो बन्द कोठाको स्यानो झ्यालबाट तपाइं हेर्नुहुन्छ, तेसमाथि ३६ सालको अखिले चश्मा लगाएर। ३६ सालताका अखिले हुनु कुनै पाप हैन, तेसभन्दा माथी उठ्नु पर्दा बडो ठूलो पीडाको अनूभुति गर्नु लाइ मैले सन्केत गरेको हो। अहिलेलाइ येतिमै छोडी अरु बात थाती राख्दछु। अस्तु
Read Full Discussion Thread for this article