Posted by: Nepe April 19, 2006
लोभि भट्टराई
Login in to Rate this Post:     0       ?        
Rishi Baral-jee, तराजुलाई ढकले फरक पार्छ । तपाई राजाको माघ १९ र प्रजातन्त्र दुवैको समर्थन मान्छे । अब तपाईले सम्विधान निर्माणताका भट्टराई बुढाले वामपन्थीहरुको विरोधको वावजुद राजाप्रति देखाएको उदारतामा त्रुटी नदेख्नु अस्वाभाविक भएन । जहासम्म भट्टराइको नराम्रा भन्दा राम्रा कुरा धेरै भएको तपाईको फैसला छ, त्यो तपाईको हेराई भयो । मेरो देखाईमा त भट्टराई मात्र होईन नरहरि आचार्य/गगन थापा पुस्ता अगाडिका सबै कंग्रेसी हरु, केवल गणेशमान बाहेक, प्रजातन्त्रको आधारभूत मर्म समेत आत्मसात गर्न नसकेका, प्रजातन्त्रलाई केवल एक नारा र राजाको निगाहमा अलिकति शक्ति अंशमा पाउने पद्धति बाहेक अर्थोक केही नदेखेका हावादारी प्रजातन्त्रवादीहरु हुन् । People's power, people's supremacy, internal democracy, transparency, accountability आदि कुराहरु भट्टराई र अरु पुराना नेताहरुलाई बिरानो अवधारणाहरु हुन् । हाम्रा आधुनिक आवश्यकता र जीवन पद्धतिको लागि भट्टराई र पुराना नेताहरु बेकम्मा थिए, छन् । *** *** राजासंग "मेल-मिलाप" को नाम दिईएको बि पि कोईरालाको अर्ध-आत्मसमर्पण र जनमत-संग्रहमा पञ्चायतले गरेको नक्कली जीतलाई स्विकार गर्ने लगाउने कोईराला-भट्टराई द्वयको झल्ला उदारताको विरोधलाई तपाईले ३६ सालको अखिले मानसिकता नाम दिनुभएको हो भने, हो त्यसबाट म तल कहिले पनि झरिन (झरिन है, उठ्न सकिन होईन, you stand corrected.) र कुनै ग्लानि छैन त्यसमा । *** *** *** र हिन्दीको ट्युटोरियलको लागि धन्यवाद ।
Read Full Discussion Thread for this article