Posted by: le chef du nuit April 19, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, तपाईको आह्वानमा म पनी मेरो पुकार थप्दै छु..... नाङ्गीएछु साथी, म के लुगा लगाउँ आज? सबै उस्तै छन्, कामै नलाग्ने सुनको धागोले सजिएको तास लगाउँ? कसरी पहिरुँ म यो मखमल यसमा त, बगैंचाका लाखौं फुल निचोरेर, किचोलेर निकालेको अत्तरको गन्ध छ तिमी शायद, यहि सुगन्घमा लठ्ठिन सक्छौ होला मलाई त बान्ता आउँछ अर्को छ मसँग लुगो ढाका टोपी, दौरा सुराल र टिलिक्क टल्केको जुत्ता तिमी सोध्छौ, के भयो त यो पहिरन्? लगाई त हेर साथी, शिशीरको चिसो हावाले जब जिउ कठिङ्ग्र्याउँछ, ७ तिर च्यातिएको यो दौरा-सुरालले के रोक्ला जाडो? उल्टो, टोपिमा स्याउँस्याउँति फैलिएका जुम्रा चुस्छन् मेरो रगत यतिकैमा, त्यो ईम्पोर्टेड ईटालियन लेदरको जुत्तो चपाई बसुँ म? मलाई त अपच हुन्छ अनि रह्यो मेरो चे ग्वुईभेरा टि-सर्ट र गलबन्दि, उनको तर नियालेर छाम साथि त्यो गलबन्दिको रातो रङ्ग होलिको अबिर हैन, मेरै छातिको लहु हो आज, 'तेरो गर्दन न्यानो बनाउँछु' भन्ने त्यो गलबन्दि भोलि, कक्रक परेर, गर्नेछ मेरै गलहत्ती के म महादेव हुँ जो नागको माला पहिरी नाचुँ? तान्डबलेत मेरै प्रलय निम्ताउँछ साथी, अब तिमीनै उपाय बताउ कुन लुगा लगाउँ म? सबै उस्तै छन्, कामै नलाग्ने
Read Full Discussion Thread for this article