Posted by: another_nepali April 19, 2006
नेपालको बास्तबिक समस्या के हो?
Login in to Rate this Post:     0       ?        
Dear all, अब हाम्रो रणनिति कस्तो हुनुपर्छ भन्नेमा मेरो बिचार् यस्तो छ। परापुर्बकालदेखिनै नेपालको सामाजिक, आर्थिक र राजनैतिक संरचना गिनेचुनेका ब्यक्तिहरुको मात्र पालनपोशण हुनेगरि ब्यबस्थित गरिआइएका छन् र त्यो सिलसिला अहिलेसम्म चलिरहेको छ। यस क्रममा २०४७ साल अघि नेपालि समाज दरबारियाहरुको पुर्ण नियन्त्रणमा थियो। आफ्नो निर्बाध स्वार्थमा अलिकति धक्का पुग्लाजस्तो लागेपछि उनिहरु गोलमटोल कुराहरुले भरिएको २०४७ को सबिँधानमार्फत सुकिला हुन खोजे। २०४७ सालको संबिधान नेपालि नागरिकलाई पुर्णरुपले सार्मभौम र स्वतन्त्र बनाउने भन्दा पनि पुरानो दरबारिया सामन्ति बर्ग र नयाँ उदियमान भ्रश्टहरु, जसलाई आज हामि बिभिन्न दलहरुको नामबाट चिन्दछौं, का बिचको अशंबन्डा थियो। यो अशंबन्डाले आम नागरिकका जन्मसिद्ध अधिकारहरु यि दुइ बर्गहरुको अधिनमा रहने ब्यबश्था गरिदियो। पुरानो दरबारिया सामन्त र नयां भ्रस्टहरु बिचमा फरक यत्ति छ कि उनिहरु ठाडो हुकुमको भरमा राज्य सचांलन गर्थे भने नयाँहरु आफुलाइ मात्र अनुकुल हुने प्रजातन्त्रको खोल ओढेर शासन् गर्छन्। यसरि आमनागरिकका अधिकारहरु जबर्जस्ति हडप्न पाइरहँदा पनि यि लोभि र पापिहरुका बिच आफुआफुमै सक्तिसघंर्श भैरहे। परिणामस्वरुप् हत्या र हिंशाको माध्यमबाट आफ्नो सिद्दान्त थोपर्न चाहने माओबादि नाम गरेको नयाँ दानबिय समुहको उदय भयो। अहिलेको अन्यायपुर्ण, अनुसाशनबिहिन् र हिँस्रक् समाज यि सबै घटनाक्रमहरुको परिणाम हो । यसरि सरसर्ति हेर्दा तिन दुश्टहरु दरबार, दल र माओबादिहरु अहिलेको तिन करोड नेपालि समाजको दुर्दशाका नाइकेहरु भएपनि यिनिहरु जन्मनु र टिक्नसक्नुको पृश्ठभुमि भने हाम्रै समाज हो, हामिनै हौं, हाम्रो सोच्ने र काम गर्ने तरिकानै हुन्। हाम्रो समाज् त्यहि हो, जहाँ बहुसख्यंक, बलिया र सम्पतिवालहरुको आवाजले मात्रै महत्व पाउँछ, जहाँ अझै पनि छुन नहुने भनि बर्गिकरण गरिएकाहरुको अस्तित्व कायम् छ, जहाँ असहाय, अपागँ र अशक्तहरु अधिकारबिहिन छन् र जहाँ आधा जनसख्याँ ओगट्ने महिलाहरु दोश्रो दर्जाका नागरिकका रुपमा गनिन्छन्। त्यसबाहेक अरुको सरोकार नराखि आफुलाई मात्र सजिलो हुनेगरि नियमहरु बनाउने, पालन गर्ने वा ब्याख्या गर्ने, अरुको बिचार र अधिकार पटक्कै नसहने, जसरि भएपनि धन् र शक्ति कमाउनुपर्ने वा कमाउनेहरुको सम्मान् गर्ने हामिहरुनै हौं। यस्ता गलत प्रबृतिहरु हाम्रो समाजको स्वभाबिक चरित्रको रुपमा स्थापित भैसकेका छन्। यि बिकृतिहरु हाम्रा शहर, गाउँ, घर र हामि आफैभित्र ब्याप्त छन्। हाम्रो हरेक सोच्ने, काम गर्ने र निर्णय गर्ने परिपाटि यिनै खराब प्रबृतिद्वारा निर्देशित छन्। यसरि बुझेर या नबुझेर हामिहरु आफै नै बिकृतिपुर्ण समाजको सृजना, पालनपोषण् र रक्षा गरिरहेका छौं। अहिलेका दुष्ट शक्तिहरु यसै समाजका उपज हुन् र तिनिहरुबाट मुक्ति पाउन हामिले आफ्ना सोच्ने र काम गर्ने तरिकाहरुमा परिबर्तन् नगरि सभंब छैन। परिबर्तन त हुने तर कसरि? यो ज्यादै गम्भिर र जटिल प्रश्न हो। अधिकाँश जनताहरु अशिक्षित, भोका, नागाँ, रोगि र भयग्रस्त रहेको अबस्थामा त यो अझै कठिन् छ। तत्कालिन् परिबेशमा कम्तिमा पनि तिन बिकल्पहरु उपलब्ध छन्। पहिलो बिकल्पमा केहि पनि नगर्ने अर्थात् समय बित्तै जादाँ आन्तरिक र बाहिरि प्रभाबहरुले बिस्तारै परिबर्तन गराउनेछन् भनि आशा गर्ने। यो सबैभन्दा सरल र कम जोखिमपुर्ण बिकल्प हो। तर यो ज्यादै ढिला छ र नागरिकहरु लामो समयसम्म अहिलेकै बेथितिबाट पिडित भैरहनुपर्ने हुनजान्छ। दोश्रो बिकल्प भनेको अहिले भएका वा भबिश्यमा आउने राज्य शक्तिमार्फत परिबर्तन् गर्न लगाउने हो। यसअन्तर्गत तत्काल देखिएका दरबार, भ्रश्ट दलहरु वा माओबादि जोसुकै सत्तामा आएपनि उनिहरुमार्फतनै परिबर्तन ल्याउने हो। यो सम्भब छ तर त्यति सजिलो छैन किनभने न्यायपुर्ण कानुनि राज्यको स्थापना ति दुष्टहरुको स्वार्थअन्तर्गत पर्दैन। त्यसो गरेमा अन्तत:गत्वा उनिहरुकै अस्तित्व समाप्त हुनेछ, यो उनिहरुले बुझेका छन्। तर बिबेकशिल नागरिक समाजको चलाखिपुर्ण तथा अटुट पहुँच र दबाब उनिहरुमाथि राखिरहन सकियो भने केहि उपलब्धि हासिल गर्न सकिन्छ। तेश्रो बिकल्प भनेको आमनागरिकहरुको सोच्ने, बुझ्ने र काम गर्ने तरिकामा परिबर्तन ल्याइ दुष्टशक्तिहरुको अश्तित्व पुर्णरुपले समाप्त पार्ने हो। यो एकदमै अहिशाँत्मक, धैर्यपुर्ण तथा बिबेकशिल नागरिक परिचालनको बाटो हो। यो बिकल्प सबैभन्दा कठिन् छ तर यसले मात्रै हामिले खोजेजस्तो परिणाम दिनसक्छ।
Read Full Discussion Thread for this article