Posted by: Gautam B. April 19, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
केहि नेता भ्रष्टाचारी निक्ले भन्दैमा लोकतन्त्रको मतलबै छैन भन्नु त अहिलेको "ठोकतन्त्र"लाई भोट हाले बराबर हो। धेरै नेताहरु ब्यापार-ब्यबसाय गरेर कमाउँछन्, कोहि लेखेर कमाउलान्, कसैले पहाडका जग्गा सब बेचेर आएर काठमाण्डुमा घर बनाएका छन्। हामी नेपालीहरु, (विशेष गरी पढे लेखेका अनि बिदेश बसेकाहरु) नेता सधैँ झोले भईराखोस्, कट्टु र चप्पलका भरमा जूलूशमा जाओस्, बेस्सरी कुटाई खाओस्, सके हाम्रा लागि मर्देओस् र हाम्रा लागि लोकतन्त्रल्याईदेओस् भन्ने सोच्छौँ। यस बारेमा उमेशको अड्डामा एकजनाको घत पर्ने चिठ्ठी रैछ, पढुम् है गाम्ले हो! - http://www.mysansar.com/?p=248#more-248
Read Full Discussion Thread for this article