Posted by: Lali Guras April 18, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
क्यार्नि आफु ले लेख्न जानिन्न, तर पढन नि कम मजा छैन तेसै तेसै मुठि बाटरेनि गाठे चौतारि का गजलकार , भाउते, नेपे, गोताय, बिर्खे बिरोदर हरु ले लेखे त हुने नि । ------------------------------- खुनकै खोलो तर्छु बरु -------------------------------- खाली भए पेट नि होस्, ग्यास्टिकैले मर्छु बरु जति सक्छस् ठोक् गोली म नै अघि सर्छु बरु । दिन-दिनको पिरलो यो कति मर्नु घरि-घरि जति सक्छस् यैल्यै पड्का, मै विष्फोटमा पर्छु बरु । जनताको खुन चुस्ने उडुसै भो राजतन्त्र यै उडुसलाई निखनेर फ्याँक्ने सन्देश छर्छु बरु । भोक-भोकै लडिराछन् घर-परिवार सहिदका निर्मम हत्या किन भयो? विद्रोह म गर्छु बरु । एउटा टाउको फुटाली हेर् सयौं टाउको ठडिदिन्छन् त्यही भीडमा म नि एउटा मेरो टाउको जोर्छु बरु । कांग्रेस-कम्निस्ट थाहा छैन, विद्रोह यो जन्ताको हो विद्रोहको लक्ष्य चुम्न खुनकै खोलो तर्छु बरु । आइज पापी उठा तरवार सक्छस् भने छप्का टाउको मै सहिद भै यो राजतन्त्र लोकका लागि फेर्छु बरु मै सहिद भै नयाँ विधान लोकका लागि कोर्छु बरु । - विशाल सापकोटा विराटनगर
Read Full Discussion Thread for this article