Posted by: Nepe April 18, 2006
लोभि भट्टराई
Login in to Rate this Post:     0       ?        
हिन्दीमा एउटा उखान छ- "खण्डहर बतलाता है, ईमारत कैसा था" । भट्टराई बुढाले यस्ता झल्लागिरी अहिले अस्तयकालमा मात्र आएर देखाएका होईनन् । सम्विधान आयोगले बनाएको सम्विधानमा भएको राजतन्त्रलाई हटाउन सकिने प्रावधान हटाउन र राजालाई अधिकार दिलाउन दरबारले गरेको गोप्य प्रयासलाई सहयोग पु-याएर सम्विधानलाई पङ्गु बनाउने मान्छे यिनै बुढा हुन् । यति मात्र होईन, सम्विधानको प्रस्तावनामा भएको 'सार्वभौमिकता जनतामा निहित छ' भन्ने कथनलाई "राजा र जनता दुवैमा सँयुक्त रुपले छ" भन्ने बनाउन उद्यत थिए यिनी । त्यहासम्मका स्वाँठ, कुरा गरी के साध्य । वास्तवमा नेपाली कंग्रेसले आन्दोलनलाई टुङ्ग्याउन र खास गरेर राजसंस्था विरुद्ध आन्दोलनको जुन जुझारु स्पिरिट थियो त्यसलाई हतार हतार निभाएर राजालाई माया गर्न थालेपछि वामपन्थीहरु भड्के । संसदलाई एमालेको असहयोग देखि लिएर माओवादी विद्रोह सम्मको बिउ त्यही हो । अहिले सम्म पनि नेपाली कंग्रेसमा राजप्रेमको धङधङी छ । वास्तवमा सातदलिय मोर्चा भनौं वा आठदलिय समझदारी, त्यसको weakest link हो नेपाली कंग्रेस । यो आन्दोलनमा गिरिजाले अलिकति मात्रै पनि सनक (आफ्नो पार्टीभित्रको फरक मतलाई उनी जसरी बेवास्ता गर्छन, त्यसै गरी आन्दोलनको गणतन्त्रवादी मतलाई बेवास्ता गरेर राजासंग सम्झौता गर्न तम्से भने) देखाए भने नेपाली कंग्रेसको भविष्य खतम । क्रान्ति पछि यो प्रजापरिषद् जस्तै एउटा सानो पार्टीको रुपमा टुङ्गिन पुग्नेछ । हुन त अहिले नै पनि, गणतन्त्रको नेतृत्व नलिएबाट भविष्यको गणतन्त्रमा कंग्रेसको भाउ घट्ने भईसक्यो । तर एउटा के त्रुटी होला, कंग्रेस अन्ततोगत्वा दुईचार कोईराला भक्तहरुको सानो पाटीको रुपमा टुंगिन पुग्नेछ । जे भए पनि कंग्रेसलाई नयाँ रगत र प्राणवायु जरुरी भईसक्यो बुढा, थोत्रा र झल्ला नेताहरुबाट यसको परिचय मुक्त गराउन । आन्दोलन त झल्ला नेताहरुको वाबजुद पनि हुन्छ, भईरहेको छ र टुङ्गिन्छ नै ।
Read Full Discussion Thread for this article