Posted by: another_nepali April 18, 2006
नेपालको बास्तबिक समस्या के हो?
Login in to Rate this Post:     0       ?        
मेरो बिचारमा अहिलेको नेपालको समस्या रिपब्लिक हुने कि सबैंधानिक राजतन्त्र हुने वा राजाले देश चलाउने कि पार्टिहरुले अथबा माओबादिहरु ठिक कि सेना ठिक भन्ने होइन। यि त गौण प्रश्नहरु हुन्। अधिकाशं साझाबासिहरु छोटा-मसिना कुराहरु तथा ब्यक्तिगत गालि-गलौजहरुमा मात्रै अल्झिरहनु दुर्भाग्यपुर्ण छ। यो भन्दा पहिले हामिले धेरै महत्वपुर्ण बिषयहरुबारे सोच्न बिर्सिरहेका छौं। अब देश कसले चलाउने भन्ने प्रश्न सामन्ति दरबारियाहरु, भ्रश्ट नेताहरु र हत्यारा माओबदिहरुलाई मात्रै महत्वपुर्ण छ। किनभने सत्ता हत्त्याएर मात्रै उनिहरुको पालनपोषण हुनसक्छ। दरबारियाहरु जसरि भएपनि सत्ता आफ्नो पकडबाहिर जान नदिइ परम्परादेखि चलिआएको शोषण कायम राख्न चाहन्छन् भने अहिलेका राजनैतिक पार्टिहरु जसरि पनि सत्तामा पुगेर आफ्नो १५ बर्ष अगाडि शुरु भएको लुट पु:न शुरु गर्न चाहन्छन्। लामो समयदेखि चलिआएको यस्तो बेथितिको कारणले जन्मिएका र मौलाइरहेकाहरु माओबादिहरु त झन नागरिकहरुको लास चढेर भएपनि सत्तामा पुगेर आफ्नो राजनैतिक एजेन्डा जनतामाथि थोपर्न आतुर छन्। अहिलेको पार्टिहरुको आन्दोलन वा माओबादिहरुको जनबादि युद्ध वा राजाको माघ १९ गतेको कदम आ-आफ्ना यिनै उद्धेश्यहरु पुरा गर्नको लागि गरिएका हुन्। प्यारा साझाबासि साथिहरु जजसले राजा, दलहरु वा माओबादिहरुको बुझेर वा नबुझेर अन्ध समर्थन गरिरहनु भएको छ अथबा जोजो साथिहरुलाइ ति गुटहरु सत्तामा पुग्दा ब्यक्तिगत् फाइदा हुनसक्ला, उहाँहरुले निश्चयपनि मेरो यो बिचारको कडा प्रतिबाद गर्नुहुनेछ, सायद् गालि गर्न पनि नछोड्नुहोला। तर यो साचों तथ्य हो। परापुर्ब कालदेखि अहिलेसम्मको नेपालको राजनैतिक्, आर्थिक र सामाजिक तथ्यहरु केलाएर हेर्नुहोस्, सबै आफै प्रस्ट हुनेछ। अहिलेका हाम्रा सबै समस्याहरुको मुल् कारण हाम्रो अन्यायपुर्ण समाजको उपस्थिति नै हो। जबसम्म हामि एउटा न्यायपुर्ण समाजको निर्माण गर्ने प्रतिबद्धता गर्दैनौ र त्यो प्रतिबद्धतालाइ इमान्दारिपुर्बक बास्तबिकतामा उतार्दैनौं, अहिलेको स्थिति कायमै रहनेछ। त्यसो हुनाले हामिले आफ्नो सोच्ने र काम गर्ने स्तरमा सुधार नल्याएसम्म जसले देश चलाएपनि वा जस्तो सबिधांन ल्याएपनि केहि हुनेवाला छैन। त्यसैले अहिलेको नेपालको प्रमुख एजेन्डा कसले शासन चलाउने भन्दा पनि हामि कस्तो समाज निर्माण गर्न गैरहेका छौं भन्ने हुनुपर्दछ। यदि हामि स्वतन्त्र, न्यायपुर्ण तथा कानुनि राज्यको स्थापना गर्न चाहन्छौ भने अहिले सतहमा देखिएका तिनवटै शक्तिहरु दरबार, दलहरु र माओबादि सबैको अन्त्य गरिनुपर्दछ। यि तिन दुष्टहरु (Three Evils) को चलखेल रहेसम्म उन्नत नेपालि समाजको स्थापना सम्भब छैन।
Read Full Discussion Thread for this article