Posted by: another_nepali April 18, 2006
What can be the best solution to the problems in Nepal
Login in to Rate this Post:     0       ?        
Dear dautari, अहिलेको समस्याको निकास खोज्नुभन्दा पहिले हामिले के चाहेको हो स्पस्ट हुनुपर्छ। के चाहेको भन्नाले कस्ले देश चलाउने वा कस्तो शासन ब्यबस्था हुनुपर्ने हो भन्ने होइन। ति त त्यसपछि आउने कुराहरु हुन्। के चाहेको भन्नाले हामिले कस्तो समाजको सृजना गर्न खोजेका हौं भन्ने हो। यदि हामिले एउटा न्यायपुर्ण समाजको स्थापना गर्न खोजेका हौं भने, सर्बप्रथम पुर्ण:त सार्मभौम र स्वतन्त्र नागरिकको अश्तित्व स्विकार्नैपर्दछ। एउटा स्वतन्त्र नागरिकसगँ मात्रै सदासर्बदा र जस्तोसुकै अबस्थामा पनि आफुले चाहेको कुरो सोच्न, गर्न, भन्न, लेख्न्न पाउने जस्ता अधिकारहरु सुरक्षित हुनसक्छन्। कुनैपनि सबिंधान, नियम कानुन, राज्यसत्ता, ब्यक्ति वा दलबिशेस त्यस्तो अधिकारको तगारोको रुपमा कहिल्यै उभिनसक्दैन। यसरि पुर्ण नागरिक स्वतन्त्रता र सार्मभौमिकता सुनिश्चित हुनेगरि बनाइएका राज्य सरचंना, सबिंधान र नियमकानुनहरुले मात्रै न्यायपुर्ण समाजको स्थापना गराउन सक्छन्।
Read Full Discussion Thread for this article