Posted by: dautari April 18, 2006
New President and New Prime Minister
Login in to Rate this Post:     0       ?        
कुरो ठिक हो । नेताहरुको लहै लहै मा लागेर नेपालीका युवा जनशक्तिले आफ्नो छातीमा तातो गोली थाप्न र आफ्नै दाजुभाइको हत्या गर्न अब छोड्नु पर्छ । नेपाली सुरक्षा सैन्यले पनि तत्कालीन सोभियत संघका सैनिकहरुले आफ्नै देशका जनतामाथि गोली बर्साउनुभन्दा आफ्नो स्वविवेकको सदुपयोग गरेको उदाहरण बाट पाठ सिकेर सत्ता पक्षको अन्ध अनुसरण गर्न छोड्नु पर्छ । अनि मात्र जनता मारेर र जनतालाइ विभाजित गरेर आफ्नो स्वार्थ पुरा गर्न पल्केकाहरुको मुटु हल्लिनेछ चाहे ती राजनैतिक नेताहरु हुन अथवा माओवादी भनाउँदा हुन या राजखलक भनाउँदा हुन ।
Read Full Discussion Thread for this article