Posted by: chakku April 18, 2006
FILING PETITION AGAINST INDIA SOON.
Login in to Rate this Post:     0       ?        
मैले भारत हाम्रो राम्रो छिमेकी हो भनेर कहिले भनेँ? हाम्रो देशको धेरै दुर्भाग्यहरु मध्ये एउटा ठूलो दुर्भाग्य भारत हाम्रो दक्षिणपट्टी हुनु हो। त्यसमा कुनै द्विविधा छैन। तर आफ्ना सबै कमजोरीहरुलाई नजरअन्दाज गरेर भारतलाई मात्रै दोष दिने र हरेक पटक लोकतन्त्रवादी शक्तीहरुको बिरुध्द आवाज उठाउँदा भारतलाई जोडने प्रवृतिको म विरोधी हुँ। यदि हाम्रो देशले सवल र देशभक्त नेतृत्व पाउन सकेको भए भारतको समस्या धेरै हदसम्म यसै हल भएर जाने थियो। नाइट क्रलर, राष्ट्रवादीको परिभाषा त मलाई भन्दा साझाका shresthaN, (:8, rambhuyadav, r b adhikari, vincentvodega, dhara127 इत्यादिलाई सोधेको भए हुने। जहाँ सम्म मेरो बुझाइको प्रश्न छ, राष्ट्रवाद भनेको तिमीले भनेको जस्तो देशलाई माया गर्ने हुनु पर्ने हो। तर नेपालमा जब जब लोकतन्त्रको पक्षमा जनमत बन्दै जान्छ, तव तव यो राष्ट्वादी भन्ने जन्तु ताण्डव नृत्य गर्न थाल्छ। र उसका अनुसार राष्ट्रबाद भनेको देशको नरेशको भक्तिमा समर्पण, भारतको अन्धो विरोध, देशको माटो सुहाँउदो प्रजातन्त्र को समर्थन हो। यसको अरु ब्याख्या त सम्बन्धित प्रजाहरुले गर्ने नै छन। म नबुझेको मान्छे धेरै के बोलुँ?
Read Full Discussion Thread for this article