Posted by: another_nepali April 18, 2006
New President and New Prime Minister
Login in to Rate this Post:     0       ?        
अहिलेको नेपाल अत्यन्त जटिल परिस्थिती बाट गुज्रीरहेको छ। यसो हेर्दा नेपालको समस्या राजनीतिक मात्र हो र अहिले सतहमा देखिएका राजा, दलहरु र माओवादी सक्तिहरुबिचनै घटनाक्रमहरु घुमिरहेका देखिन्छ्न्। बास्तबमा, हाम्रा समस्याहरु एकदमै बहुआयामिक छन् र यिनिहरु धेरै लामो समयदेखि अस्तित्वमा रहि समयक्रममा अझ जटिल बन्दै गएका हुन्। समस्याको जड कस्तो सबिंधान, कस्तो आर्थिक ब्यबस्था वा कस्ले देश चलाउने भन्दा पनि हामि कसरी सोच्छौं र कसरि काम् गर्छौं भन्ने हो। हाम्रो सोचाइको स्तर नसुध्रिएसम्म र सोचेको कुरो ब्यबहारमा लग्ने तरिका उन्नत नभएसम्म जस्तोसुकै सबिंधान आएपनि वा जस्ले देश चलाएपनि केहि हुनेवाला छैन।
Read Full Discussion Thread for this article