Posted by: Ignitor April 18, 2006
Pradeep Giri Advocates Republic Nepal
Login in to Rate this Post:     0       ?        
- http://www.kantipuronline.com/kolnepalinews.php?&nid=71418 जनआन्दोलन-२०६३ प्रदीप गिरी हाम्रो मुलुक यो समय केही गम्भीर उथलपुथल र जनविद्रोहको अवस्थाबाट गुजि्ररहेको छ । झट्ट हेर्दा स्थिति एक भयंकर संकट पो हो कि जस्तो छ । केही शक्ति, व्यक्ति तथा समूहका निम्ति निश्चय यो ठूलो संकट आएको अनुभव हुन सक्छ । तर प्रत्येक संकट प्रत्येकका निम्ति अवसरसमेत हुन्छ । चीनको चित्र भाषामा संकट र अवसरका निम्ति एउटै संकेतको प्रयोग हुन्छ । मुलुकमा देखापरेको संकट शासकवर्ग र त्यसका प्रतिनिधिका निम्ति पनि एउटा ऐतिहासिक अवसर हुनेछ । यस्तै ऐतिहासिक अवसर छोपेर राजा त्रिभुवनले आफ्नो मर्यादा र शक्तिसमेत फिर्ता लिए । वर्तमान राजा, शासकवर्ग र त्यसका प्रतिनिधिहरूमा यस्तो गर्ने लक्षण देखिएको छैन । तर आमजनता र कार्यकर्ता यस अवसरमा चुक्नुहुँदैन । मुलुकमा विद्यमान संकटलाई तुरुन्त एक महान् अवसरमा परिणत गर्नु हामी सबैको साझा दायित्व भएको छ । यो कसरी गर्न सकिन्छ ? कसले गर्न सक्छ ? कुन पद्धतिले गर्नुपर्छ ? यी सवाल नै आज मुलुकका सर्वाधिक ज्वलन्त सवाल भएका छन् । यी सवालको सही एवं उपयुक्त उत्तरका आधारमा मात्र मुलुकको वर्तमान संकटको निवारण हुनेछ । त्यसपछि मुलुक स्वणर्ीम नवनिर्माणतर्फ अग्रसर हुनेछ । अहिले मुलुक मानौं एउटा खतरनाक धरापको डिलमा खडा छ । एउटैमात्र पनि गलत डेगले राष्ट्र खाडलमा चकनाचुर भएर खस्नेछ । होइन, त्यो चलेको डेग ठीक ठाउँ परेमा मुलुकले तत्काल गगनचुम्बी सगरमाथाको चुचुरोको झलमल, उत्साहप्रद, साक्षात्कार गर्नेछ । नेताले यस्तो घडीमा असमञ्जस्यको मनस्थिति देखाउनुहुँदैन तर देखिँदैछ । यस्तै असमञ्जस्य देखेर होला सामान्य जनता र जनवर्गीय संगठन अगाडि बढिरहेका छन् । यस आन्दोलनलाई ऊर्जा दिने डाक्टर, प्राध्यापक, वकिल, सञ्चारकर्मी, विद्यार्थी, तरुण, कर्मचारी र किसान आदि सबै निश्चय बधाईका पात्र छन् । ऊर्जा, जोस र जाँगरका अभावमा कुनै पनि आन्दोलन सफल हुँदैन । तर त्यतिले मात्र पनि पुग्दैन । आन्दोलनलाई अगाडि बढाउनका लागि स्पष्ट लक्ष्यअनुरूपको कार्यक्रम, रणनीति र कार्यनीतिसमेत चाहिन्छ । सामान्य अवस्थामा त्यो काम राजनीतिक नेताले गर्नुपर्ने हो । तर नेताहरूमा दुविधा, मतभेद वा अलमल हुँदा जनता र जनवर्गीय संगठनले आफैं पनि जनआन्दोलनको लक्ष्यको स्पष्टीकरण गर्न सक्छन् । आजको नेपालमा त्यो समय आइसकेको छ । Continue... - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=71418
Read Full Discussion Thread for this article