Posted by: Ignitor April 16, 2006
जनआन्दोलनको कार्यक्रम
Login in to Rate this Post:     0       ?        
जनआन्दोलनको कार्यक्रम वैशाख ३ गते काठमाडौंमा सम्पन्न संयुक्त जनआन्दोलन केन्द्रीय संयोजन समितिले शान्तिपूर्ण संयुक्त जनआन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउन निम्न निर्णय गरेको छ ः १. प्रतिगामी शाही सत्ताले सिर्जना गरेका अनेकौं प्रतिकूलतालाई चिर्दै सात राजनीतिक दलको नेतृत्वमा शान्तिपूर्ण तथा संयुक्त जनआन्दोलन सञ्चालन भइरहेको छ । चैत २४ बाट सुरु भएको आमहडताल र जनप्रदर्शन ऐतिहासिक रूपमा सफलतातर्फ उन्मुख छ । आन्दोलनमा आमजनताको सहभागिता दिनानुदिन बढ्दै गइरहेको छ । कर्मचारी र पेसाकर्मीहरू सरकारी आदेशको अवज्ञा गर्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलन दबाउन सरकार हिंस्रक र बर्बर ढंगले उत्रिएको छ । यो अत्तालिएको र पराजित मानसिकताको द्योतक हो । अहिलेसम्म ७ योद्धाले शाही सत्ताको गोली प्रहारबाट शहादत वरण गरिसक्नुभएको छ । हजारौं घाइते र हजारौंहजार गिरफ्तार भएका छन् । दर्जनौं आन्दोलनकारीलाई लापत्ता गरिएको छ । लाखौंलाख जनता सडकमा ओर्लिएका छन् । आन्दोलनले वास्तविक अर्थमा जनआन्दोलनको स्वरूप ग्रहण गरेको छ र यो क्रमशः सफलता नजिक पुग्दै छ । तसर्थ आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनका अहिलेसम्मका कार्यक्रमलाई सफल बनाउन सहयोग समर्थन तथा सहभागिता जनाउनु हुने सबैलाई धन्यवाद दिँदै चालू जनआन्दोलनलाई अझ उचाइमा लैजान र सफलताको विन्दुमा पुर्‍याउन आम जनसमुदायलाई सम्पूर्ण शक्ति र सामथ्र्यका साथ सडकमा उत्रन आह्वान गर्दछौं । २. शान्तिपूर्ण संयुक्त जनआन्दोलनलाई उत्कर्षमा लैजान निम्नानुसारका कार्यक्रम सम्पन्न गर्न आह्वान गर्दछौं ः -क) काठमाडौंको चक्रपथमा वैशाख ७ गते सात राजनीतिक दल र निकटका जन, पेसागत, सामुदायिक, नागरिक, मानव अधिकार संगठन, मजदुर, किसान, महिला, आदिवासी, जनजाति, दलित, मधेसी समुदाय, अपांग, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, व्यापारी, उद्योगपति, कानुन व्यवसायी, पत्रकार, कलाकार, साहित्यकर्मीलगायत राष्ट्रिय जीवनका सबै तह र तप्काका आम जनसमुदायको सहभागितामा 'एकीकृत जनआन्दोलन पदयात्रा र विशाल विरोध प्रदर्शन' आयोजना गरिनेछ । उक्त आन्दोलनमा सहभागी हुन सम्पूर्ण संघ-संस्थाहरू र आम जनसमुदायलाई आह्वान गर्दछौं । -ख) ०६२ चैत २४ गतेदेखि आरम्भ भएको आमहडताललाई अझ सशक्त र प्रभावकारी ढंगले अघि बढाउन आह्वान गर्दछौं । शिक्षण संस्था, यातायात, बजार, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालय, निजी, संयुक्त लगानी र सार्वजनिक क्षेत्रमा कार्यरत बैंक एवं वित्तीय संस्था, सार्वजनिक संस्थान तथा अन्य कार्यालय, हवाई यातायातलगायत सम्पूर्ण क्षेत्रलाई पूर्ण रूपमा आमहडतालमा उत्रिन आह्वान गर्दछौं । -ग) आमहडतालको अवधिमा उपत्यकालगायत सबै जिल्ला सदरमुकामसहित प्रमुख सहर तथा ग्रामीण क्षेत्रमा शाही सत्ताको कफ्र्यु आदेश, निषेधाज्ञालगायत सबै प्रकारका अवरोध तोड्दै भइरहेका विशाल जनप्रदर्शनलाई निरन्तर जारी राख्न र अझ बढी सशक्त तुल्याउन आह्वान गर्दछौं । ३. राष्ट्रव्यापी रूपमा निरंकुश शाही सत्तालाई पूर्ण रूपमा अवज्ञा तथा असहयोग गर्न निम्नानुसारका कार्यक्रम सम्पन्न गर्न आह्वान गर्दछौं ः मिजदुर, किसान, महिला, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, व्यापारी, उद्योगपति, कानुन व्यवसायी, डाक्टर, स्वास्थ्यकर्मी, पत्रकार, इन्जिनियर, पाइलट, साहित्यकार, कलाकार, मानव अधिकारकर्मीलगायत सम्पूर्ण जनसमुदायले आ-आफ्नो काम, पेसा तथा व्यवसाय रोकेर शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा उत्रन । ििनजामती, निजी, संयुक्त र सार्वजनिक क्षेत्रमा कार्यरत बैंक एवं वित्तीय संस्था, सार्वजनिक संस्थान एवं निजी क्षेत्रका कर्मचारीले सरकारी आदेशको अवज्ञा गर्दै कामकाज रोक्न र शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा उत्रन । सिुरक्ष्ााकर्मीहरूले जनआन्दोलन दमन गर्ने सरकारी आदेशलाई अवज्ञा गर्न । सुरक्षाकर्मीका परिवार तथा आफन्तजनलाई सोका निमित्त क्रियाशील रहन । सिाना किसान तथा मझौला र घरेलु उद्यमीहरूको बैंक ब्याजलगायत सम्पूर्ण करदाताहरूले कर, भंसार महसुल, भ्याटलगायत कुनै पनि महसुल नबुझाउन र सम्पूर्ण उपभोक्ताले मालपोत, पानी, बिजुली, टेलिफोनलगायत कुनै पनि प्रकारको महसुल नतिर्न । ०६२ चैत २४ पश्चात्का महसुल नबुझाएबापत हुने जरिवानालगायतका सजाय लोकतन्त्र स्थापनापश्चात् माफी मिनाहा गरिनेछ । विैदेशिक रोजगारीमा संलग्न नेपालीले यो अवधिमा मुलुकभित्र रेमिट्यान्स नपठाउन । रिाजा र राजपरिवारको स्वामित्व तथा संलग्नतामा सञ्चालित उद्योग व्यवसायका उत्पादन तथा सेवा बहिष्कार गर्न । ४. वर्तमान निरंकुश शाही सरकार आमनेपाली जनताको भावनाविपरीत उभिएको छ । सरकार जनताको शान्तिपूर्ण जनप्रदर्शन गर्न पाउने संवैधानिक एवं लोकतान्त्रिक हकका विरुद्ध अत्यन्त क्रूर एवं बर्बर दमनमा उत्रिएको छ । देशमा अपारदर्शी तानाशाही शासन लादिएको छ । शाही सत्ताले भ्रष्टाचार गरेर ब्रह्मलुट मच्चाएको छ । साथै राज्यकोषको दुरुपयोग गर्दै शाही सत्ताले जनआन्दोलन दबाउन अबौर्ं रुपैयाँ खर्च गरिरहेको छ । तसर्थ अहिलेको अवस्थामा निरंकुश तथा असंवैधानिक शाही सत्तालाई अनुदान, ऋण तथा अन्य कुनै पनि प्रकारको सहयोग नगर्न नेपालका मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय र वित्तीय संस्थालगायतका दातृसंस्थाहरूलाई आह्वान गर्दछौं । साथै शान्तिपूर्ण जनआन्दोलनलाई निरन्तर समर्थन गर्न पनि आह्वान गर्दछौं । ५. पूर्ण लोकतन्त्र, शान्ति, अग्रगमन, स्वतन्त्रता, सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा रही सात राजनीतिक दल र नेकपा -माओवादी) बीच भएको समझदारी -मंसिर ७ र चैत ६ गते) बमोजिम सञ्चालित शान्तिपूर्ण जनआन्दोलनमा उल्लेखित कार्यक्रमलाई समर्थन गर्न नेकपा -माओवादी) लाई आह्वान गर्दछौं । साथै समझदारीको इमान्दारितापूर्ण परिपालनाका लागि ध्यानाकर्षण गर्दछौं । ६. जनआन्दोलनका घाइतेहरूको उपचारका लागि जनस्तरबाट कोष खडा गर्ने सह्राहनीय कार्य भइरहेको छ । यस्ता कोषहरूलाई विस्तार गर्दै व्यवस्थित ढंगले परिचालित गर्न सबैमा हार्दिक आग्रह गर्दछौं । ७. शाही निरंकुश सत्ताले शान्तिपूर्ण संयुक्त जनआन्दोलनविरुद्ध राज्य संरक्षित भिजिलान्तेहरूको प्रयोग गर्दै नागरिकको जनधनमा समेत क्षति पुर्‍याउने र राज्य आतंकको सिर्जना गर्ने कार्य गरिरहेको छ । तसर्थ यसतर्फ सचेष्ट रहँदै शान्तिपूर्ण ढंगले क्रियाशील रहन देशव्यापी रूपमा 'नागरिक टोल सुरक्षा समिति' गठन गर्न आह्वान गर्दछौं । शान्तिपूर्ण संयुक्त जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र स्थापना गर्नेछ भन्ने हाम्रो विश्वास छ । तसर्थ आन्दोलनका घोषित कार्यक्रमहरूमा आत्मविश्वास, निष्ठा, समर्पण र लगनशील भएर सहयोग समर्थन तथा सहभागिता जनाउन आम जनसमुदायलाई आह्वान गर्दछौं । Source : - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=71338
Read Full Discussion Thread for this article