Posted by: ALSON Nepal April 16, 2006
Are we contributing anything or just ......
Login in to Rate this Post:     0       ?        
कसरि गरुँ म राजालाई सम्मान ? Sources ( Mahila Nani from Sajha) जनताको पसिना मा पौडि खेल्दै, देशको ढुकुटि रित्त्याएर बिदेश घुम्ने देशकै ढुकुटिमा छोरिको बिबाह तथा नातिको पास्नि मनाउने सम्पुर्ण भरौटेहरुको व्याक्तिगत खर्चलाई देशको ढुकुटी बाट "भैपरि आउने" मा खर्च गराउने बितेको "हनिमुन" लाई कहिले साउथ अफ्रिका त कहिले पोखरा मा मनाउने । जनताको आवाजलाई बन्द गराउन टियर ग्याँस तथा गोलि चलाउने नरभक्षक् हौ तिमि, हरेक दिन गोलि चलाउँदै जनता मार्ने माओवादिको निउ बनाउँदै, देशमा निरङकुश तानाशाह लाद्ने जनताले चुनेको सरकार लाई असक्षम् बताउने । २१औँ शताब्दिमा पनि राष्ट्रलाई अँध्यारोमा धकेल्ने कहिले टेलिफोन लाइन काट्ने त कहिले इन्टरनेट नै बन्द गराऊने रेडियो तथा पत्र-पत्रिकामा सेन्सरशिप लगाऊने पत्रकार तथा वकिलहरुको समुहलाई गोलि ठोक्ने हरेक राष्ट्रवादि, प्रजातन्त्र प्रेमि नेताहरुलाई नजरबन्दको पुर्जि थमाउने मानवताको हनन् गरि बच्चा-बच्चीलाई निर्मम्तापुर्वक गोलि ठोक्ने । देश जलिरहेको बेला, जनताहरु प्रजातन्त्रको लागि बलिचढीरहेको बेला दरवार भित्र पार्टी मनाएर बस्ने ज्योतिषिको कुरा सुनि कतै मर्छु कि भन्ने डरले पोखरामा लुकेर बस्ने निहत्था जनताको घर भित्र पसि निर्मम्ता पुर्वक कुटपिट गर्न लगाउने पुरै देश उर्लेर खनिइसक्दा पनि "छिटपुट घटना मात्र" भनि भाषण दिने देशका पवित्र मुर्तिहरुलाई विदेशमा पुर्याउने बिदेशि लागु औषधको व्यापार दरबार बाटै गराउने विश्वकै दुर्लव जनावर बिदेशिलाई भेटि चडाउने आफ्नै दाज्यु तथा भाईको जरै देखि विनाश गर्ने । भन्नुस साथिहरु म कसरि सम्मान गरुँ उन्लाई??? यदि हजुरहरु लाई पनि आफ्नो देशको माया छ भने , देशमा चलिरहेको क्रान्तिलाई साथदिन चाहनुहुन्छ भने, ईमेल बाटै भएपनि यो कबिता १०-२० जना नयाँ साथिहरुलाई पठाऊनुहोस ! ळ"लोकतन्त्र जिन्दावाद" !!! "राजतन्त्र मुर्दावाद !!!" धन्यवाद!
Read Full Discussion Thread for this article