Posted by: sano_kanchha April 16, 2006
Arghakhaachi - 8 feared dead
Login in to Rate this Post:     0       ?        
आर्घाखाँचीको सन्धिखर्कमा आज सात राजनीतिक दलको तर्फबाट आयोजिक कार्यक्रममा सेनाले गोली चलाउँदा ८ जना घाइते भएका छन्। यस मध्ये तीनको अवस्था गम्भिर छ। सेनाले चलाएको गोली लागी घाइते हुनेमा नारायण कुँवर, विष्णु भुसाल, निरज दमास, वावुराम भुसाल, जुना विक, वसन्त भुसाल, पुरुषोत्तम वण्जाडे धर्मराज भुसाल छन। यस मध्ये नारायण कुँवर, विष्णु भुसाल र निरज दमासको ढाडमा गोली लागेको छ र उनिहरुको अवस्था चिन्ता जनक छ। बाँकीलाई खुटा र तिघ्रामा गोली लागेको छ। त्यसै गरी प्रहरीले भिडमाथि प्रहार गरेको अश्रयुग्यासका कारण वेहोस भएका ४० मध्ये ५ जनामात्र होसमा फर्र्किएका छन्। बाँकी ३५ जना अहिले पनि होसमा आउँन सकेका छैनन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको वताइएको छ। यसैगरी आज त्यहाँ भएका विभिन्न झ्डपमा ८५ जना घाइते भएका छन्। प्रर्दशनकारी माथि प्रहरी र सेनाले निर्मम कुटपिट गरेको छ। प्राप्त समाचार अनुसार ३ वैशाख दिउसो १ बजे स्थानीय शान्ति बगैचामा मञ्च निमार्ण गरेर कार्यक्रम गर्न खोजिरहेका प्रर्दशनकारीलाई सादा पोशाकामा आएका सुरक्षाकर्मीले मञ्च तोडफोड गर्नुका साथै प्रर्दशनकारीमाथि हातपात गरेका थिए। त्यसपछि करिव १५ हजारको जुलुश निस्किएको थियो। जुलुशलाई स्थानीय हुलाक कार्यलयको छतमा बसेको सेनाले गोली चलाएको थियो। साँझ् ६ वजेसम्म पनि स्थिति असामान्य रहेको वुटवलवाट संवाददाता जेवी पुनले जनाएका छन् - himalkhabar.com
Read Full Discussion Thread for this article