Posted by: sano_kanchha April 16, 2006
Arghakhaachi - 8 feared dead
Login in to Rate this Post:     0       ?        
अर्घाखाँचीमा गोली चल्यो, १२ घाइते ५ को अवस्था चिन्तजनक लोकतान्त्रिक आन्दोलनको क्रममा अर्घाखाँचीमा सुरक्षाकर्मीले चलाएको गोलीबाट १२ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको स्थिति चिन्ताजनक रहेको छ। अर्घाखाँचीमा रहेका सरकारी कार्यलमा श्री ५ को सरकारलाई हटाएर नेपाल सरकार लेख्नजाने क्रममा सेनाले गोली चलाएको हो। बुटवलस्थित परेवा सहकर्मी चन्द्र खनालका अनुसार सेनाले गोली चलाउनु अघि सुरक्षाकर्मीले सयौँ राउन्ड टियर ग्याँस प्रहार गरेको थियो। बुटबलमा गाउँ-गाउँबाट आएको जुलुसले बाजागाजा सहित आएको जनसमुदायले निरंकुश राजतन्त्रकाविरुद्ध शंख बजाएर प्रदर्शन गरेका छन्। आइतबार अपरान्हसम्म पनि रुपन्देही भैरहवा, बुटवल बजारमा प्रदर्शन भइरहेका छन्। - parewa online
Read Full Discussion Thread for this article