Posted by: newuser April 16, 2006
Janatako boli neta ko kalam bata
Login in to Rate this Post:     0       ?        
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=71265 *अब परिवर्तन अपरिहार्य छ तर उल्झिएका केही गाँठाहरू अझै फुक्न बाँकी छन् । सडकमा निस्केको जुलुसको माग सीधा गणतन्त्रतिर लक्षित छ । तर सात दलभित्रको नेतृत्व पंक्ति लिको नेपालको राजनीतिक चित्र फरक-फरक रंगमा सिँगार्ने प्रयत्नमा छ। *बार एसोसिएसन, पत्रकार महासंघ, श्रष्टा-सर्जक, पेसाधर्मी, उद्यमी, व्यापारी -एक दुई अपवाद बाहेक), शिक्षक-प्राध्यापक, सिङ्गो नागरिक समाज त्यस्तो एउटा स्वतन्त्र समाजको कल्पना गर्छ जसले व्यक्तिभित्रको अनन्त सम्भावनालाई उजागर गर्न सकोस् र त्यो निकट भविष्यमै समाजलाई प्रतिनिधित्व गर्न सक्षम होस् । तर कुनै वाद विशेषले मात्र यथार्थमा यसलाई अनुदित गर्न सक्ने सम्भावना देखिँदै। *अबको गम्भीर प्रश्न नै व्यक्तिको अकुंठित, असीमित र अनन्त स्वतन्त्रता दिन सक्ने राज्य व्यवस्थाको खोजी हो । आन्दोलन गणतन्त्र माग्छ, राजनीतिक दल र माओवादी पनि राजासहितको जनताको शासन माग्छन् । यसको टुंगो कहाँ र कसरी लगाउने ? आ-आफ्ना पार्टीका आ-आफ्नै अधिनायक छन्- सही अर्थको वैयक्तिक स्वायत्तता र स्वतन्त्रता पार्टी नेतृत्वलाई नै स्वीकार्य छैन । माओवादी हुन् वा अरू दल बहुदलवादको मात्र कुरा गर्छन् बहुलवादमाथि बोल्दैनन् । *आन्दोलनरत नेपाली महिला-पुरुष, युवा-वृद्ध, किसोर-किशोरी, माओवादी-लेनिनवादी, समाजवादी-पुँजीवादीले सर्वांग सामाजिक, आर्थिक रूपान्तरणको माग गरेका छन् । त्यो रूपान्तरण कुन वाद, कुन सिद्धान्त, कुन मूल्य व्यवस्था वा कुन मान्यताले दिन्छ त्यसको निक्र्यौल भएको छैन र हुन पनि सक्दैन । यो सापेक्षित यथार्थलाई आन्दोलनले मुख्य सूचीमा राख्न सकेन भने केही समयपछि फेरि आन्दोलन अपरिहार्य हुन सक्छ । *जुनसुकै सैद्धान्तिक आवरणमा गरिएको क्रान्ति होस् त्यसको अन्तिम उद्देश्य व्यक्तिको सीमित स्वतन्त्रता नै हो । भोलिको स्वायत्तताको निर्धारण उसभित्रको विवेकले मात्र गर्ने राजनीतिक, सामाजिक व्यवस्थापन नै सभ्यताको पहिचान हो र त्यही नै हुनुपर्छ।
Read Full Discussion Thread for this article