Posted by: Bhaute April 15, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
म यैँ छु स्यान्कान्छा। मटरा'ट लडेको ठीक भो ? यसो सिकारी-लहरो मिसाएर ओखति-पुवा बनाएर खाउ त। हड्डी सड्डी फुत्केका भा' ठीक ठाममा आम्छ। सड्केको-मड्केको- क्यै भा'को भे नि निको हुन्छ। :-) यो स्यान्कान्छाले टेपरीकोट घन्काएर चौतारी सारै रमैलो भा'छ। चौतारी छोडेर घर जान नि मुन लाग्दैन। एक्लो मुन्छे, कसैले दाल भात यैँ ल्याइदिए त घर जानु पनि पर्याथेन मुलाई। यसो कहिले कैँ त्यै मील चलाम्न गए भैहाल्छ। कति मीठो दाल-भात-तर्कारी देखायौ नि कान्छा, मेरा त र्‍यालै चुहे गाँठे। :-) दादाले फेरि के का गोजीमा हात राखेर गमक्क परेका हुन् त त्यसरी ! भाउजुलाई रउसी खा'छैन भनेर देखाम्न बल गरी गरी "यी मज्जाले उभिन सक्या छु, कहाँ खा'छु र रउसी? " भनेर धाक देखाम्न खोजेका हुन् कि कुन्नि। सँगै उभिने तेस्रो चैँ के पी नेपाल जस्तो छन नि। अलि ठम्याउन सकिन के। :-) :-) -भउते
Read Full Discussion Thread for this article