Posted by: Ignitor April 15, 2006
Girija Asks Security Force to Join Movement
Login in to Rate this Post:     0       ?        
Here is an excertp of his interview in Kantipur. . . . कान्तिपुर ः सरकारले दमन पनि बढाउने भयो ? कोइराला ः सुरक्षा निकायहरूलाई यतिमात्र म भन्न सक्छु, बर्बरता बन्द गर । तिमीहरू पनि जनताकै छोरा हौ । यही समाजका एउटा अंग हौ । त्यसकारण सुरक्षाकर्मीहरूलाई हाम्रो आह्वान छ, तिमीहरू कुनै एक व्यक्तिका नोकर होइनौ, राष्ट्रका सेवक हौ । राष्ट्रका सेवक हौ भने हामीलाई साथ दिनुपर्छ न कि एक व्यक्तिलाई । उनीहरूको पनि जागिर गयो भने हामी पुनःस्थापित गर्छौं । राजाले के भ्रम फैलाएका छन् भने प्रजातन्त्र आयो भने तिमीहरूलाई हटाइदिन्छन्, समाप्त पारिदिन्छन्, त्यो झूटो हो । प्रजातन्त्रमा तिमीहरूको उत्तिकै वा झन् ज्यादा आवश्यकता पर्छ । जति अहिले प्राप्त गर्छौ त्योभन्दा बढ्ता प्राप्ति प्रजातन्त्रमा हुन्छ । तिमीहरूलाई सुसज्जित पार्ने, सुदृढ पार्ने काम प्रजातन्त्रले मात्र गर्नसक्छ भन्ने विश्वास म दिलाउन चाहन्छु । कान्तिपुर ः मानवअधिकार हनन गर्ने सुरक्षाकर्मी र तिनलाई निर्देशन दिनेहरूबारे तपाईंहरूको दृष्टिकोण के छ ? कोइराला ः सुरक्षाकर्मी त के, मन्त्रीहरूसमेतको अभिलेख तयार गरिन्छ । एउटा आयोग बनाइन्छ जसमा यी मन्त्रीहरू त्यसमा छुट्ने छैनन् ।
Read Full Discussion Thread for this article