Posted by: Birkhe_Maila April 14, 2006
Gyanu ko Bilap
Login in to Rate this Post:     0       ?        
ए राता मकै!! यो बिजुली पानीको नशा नै भाँड्ने गरेर के पढ्नु परेको होला! यस्तो आत्मालोचना (अन्तिम हरफ) कहिले आउने होला हाम्रो माइलादाईको मगजमा! जाँदाजाँदै एउटा कुरा- जनताको शासन जनता बाटै हुनु पर्छ! तर हाम्रा जनताका प्रतिनिधि भनाउँदाहरु (गिरिजाको कुरा गर्न खोजेको) सम्बैधानिक राजतन्त्रलाई पुनर्जीवित गराऊने आन्दोलन हो भन्दै हिँड्न थालेका छन्। कयौँ जनताको रगत बगिसकेको छ सयौँ बर्ष पुरानो बिरामी राजतन्त्र हटाऊने नारा सहित! तर, आन्दोलन, कुनै नेत्रित्वले सम्हालेन भने त्यसै तुहिएर जान पनि सक्छ र अहिलेको अवश्थामा नेत्रित्व नै फितलो देखिन्छ!! के यत्रो रगत बगेको ब्यर्थ भयो? शायद! त्यसैले, अब अहिलेको अवश्थामा नयाँ नेत्रित्व जन्मेर (वा पुराने नेत्रित्वबाट पनि चलिआएको कुर्सिमुखि यात्रालाई त्याग्दै) यो आन्दोलन अगाडि बढ्यो भने केहि होला नत्र उस्तै हो हाँडिमा मकै भुटेको जस्तो फुल उठुन्जेल आवाज आउँछ डढ्न थालेपछि हाँडिमा नै टाँसिन्छ!!!
Read Full Discussion Thread for this article