Posted by: rickynepal April 13, 2006
Rally at Bharatpur Chitwan
Login in to Rate this Post:     0       ?        
भरतपुरमा ऐतिहासिक मानवसागरले कर्फ्यु तोड्यो चितवनको सदरमुकाम भरतपुरमा जनआन्दोलनको आठौं दिन बिहीबार एक लाख भन्दा भन्दा बढीको जनसागरले कर्फ्र्यु तोडेर जुलुश प्रदर्शन गरेको छ । यो प्रदर्शन अहिलेसम्मकै ऐतिहासिक भएको जनाउँदै आन्दोलनकारीहरूले चितवन जिल्ला बिहीबारदेखि 'लोकतान्त्रिक किल्ला'मा वदलिएको दाबी गरेका छन्। लोकतान्त्रिक किल्लाका रुपमा जिल्ला प्रशासन कार्यालयले भरतपुरका सरकारी कार्यालयहरू अवस्थित इलाकामा बिहीबार दिउँसो एक देखि पाँच बजेसम्मका लागि कर्फ्यु घोषणा गरेको थियो। चितवनका गाउँहरू तथा छिमेकी नवलपरासीको गैंडाकोटबाट विभिन्न नाकाहरू हुँदै नारायणगढ बजारमा एकत्रित भएका प्रदर्शनकारीहरूले चार घण्टाका लागि घोषित कर्फ्र्यु शुरु भएको डेढ घण्टा नवित्दै वेपर्वाहका साथ तोडिदिएका हुन्। कर्फ्यु तोड्न नारायणगढबाट भरतपुर हाइटतर्फअघि बढेको जुलुश नजिकैबाट वगेको नारायणी नदी जस्तै एकनासको गतिमा थियो। कर्फ्र्युसिमा तोकिएको स्थान भरतपुर हाइटको नहरको डिलबाट आन्दोलनकारीलाई रोक्न सेना र प्रहरीका अलग-अलग टोलीहरू पंक्तिबद्ध रुपमा तैनाथ थिए। अघिल्तिर रहेका प्रहरी र त्यसपछि बख्तरवन्द गाडी सहित दोस्रो लहरमा गस्ती गरिरहेका सैनिकहरूको टोलीलाई पाखा लगाउँदै दिउँसो साढे दुइ बजे जुलुशले भरतपुरको कर्फ्र्यु टेकेको थियो। संयमित देखिएका आन्दोलनकारी र सुरक्षाकर्मी दुवै पक्षबीच केही बेरको आपसी ठेलमठेल भन्दा बढी बल प्रयोग नभएकोले कुनै अप्रिय घटना वेहोर्नुपरेन। सिमारेखा तोडेर नारा लगाउँदै अघि बढेको जुलुशका सहभागीहरू भरतपुर हाइटदेखि पुलचोकसम्मको आधा किलोमिटर भन्दा बढी दूरीमा अटाइ नअटाइ थिए। महेन्द्र राजमार्गमा पर्ने नारायणगढ बजारको यो सडक राजमार्गको सामान्य दुइतर्फी सडकभन्दा चार गुणा फराकिलो छ। कर्फ्यु उल्लंघनपछि शाही नेपाली सेनाको भरतपुर व्यारेक-प्रवेशद्वार, चौबीसकोठी, दूरसञ्चार रोड, जिल्ला प्रहरी कार्यालय पछाडिको चोक, मेडिकल कलेज, दीपेन्द्रचोक र पुनः सैनिक व्यारेक अगाडिको क्याम्पस चोक हुँदै जुलुश नारायणगढ बजार फर्किएको थियो । भरतपुरका साँघुरा सडकहरूले जुलुशको चाप थेग्न नसकेपछि प्रदर्शनकारीहरूले नगर परिक्रमा गर्दा एक भन्दा बढी सडक र जताततैका गल्लीहरू प्रयोग गरेका थिए । त्यतिवेला कर्फ्यु क्षेत्रका सडकहरूमा जता फर्किएपनि जनप्रदर्शनका ताँतीहरू देखिएका थिए भने नाराको आवाजले नगर नै गुञ्जायमान भएको थियो। पदर्शनकारीहरूलाई रोक्न नसकेपछि कर्फ्र्युसिमानाबाट हटेका सरक्षाकर्मीहरू तत्काल भरतपुरको चौबीसकोटीमा अवस्थित राजा महेन्द्रको सालिक तथा सुरक्षा निकाय लगायतका सरकारी कार्यालयहरूमा र्सतर्कताका साथ बसेका थिए। प्रदर्शनकारीहरू जुलुशको छेउछाउमा भेटिएका सुरक्षाकर्मीहरूलाई हात मिलाउँदै अंकमाल गरिरहेका थिए भने प्रत्युत्तरमा सुरक्षाकर्मीहरू पनि भावुक मुद्रामा हाँसिरहेका थिए । प्रायः ठूला जुलुशहरूमा सानो संख्यामा सुरक्षाकर्मीहरूमाथि ढुङ्गा प्रहार हुने गरेकोमा यहाँका प्रदर्शनकारीहरूले 'सेना पुलिस दाजुभाइ, सहयोग गर हामीलाई' जस्ता मित्रवत् नाराहरू लगाएका थिए । चर्को घामले तातेको सडकमा हिंडिरहेका प्रदर्शनकारीहरूलाई सडक दायाँवायाँका वासिन्दाहरूले पानी वर्साएर शितलता दिइरहेका थिए।
Read Full Discussion Thread for this article