Posted by: jureli April 12, 2006
One Ghajal. comment plz
Login in to Rate this Post:     0       ?        
खोला नदी फोहोर फाल्ने ढल बनेछ । धर्म ग्रन्थ रछानमा मल बनेछ ।। प्रजातन्त्र आउँदा के-के बन्ला भनेथें । खहरे झैं बाढी आ'को भल बनेछ ।। राजनीतिको झ्यालबाट हेरिहेर त । बाघ र बिरालाको राम्रो हल बनेछ ।। जसले हाने पनि हुन्छ मौका नछोडे । जनताको टाउको फुट्बल बनेछ ।। प्रकृतिको एउटा सुन्दर कृति नेपाल । बाँदरको हातमा नरिवल बनेछ ।।
Read Full Discussion Thread for this article