Posted by: once in a while April 12, 2006
सातदलको आन्दोलनका कारण रगतको अभाव
Login in to Rate this Post:     0       ?        
सातदलको आन्दोलनका कारण रगतको अभाव गोर्खापत्र समाचारदाता काठमाडौँ, चैत २९ गते । सात राजनीतिक दलले आहृवान गरेको बन्द र हडतालका कारण केन्द्रीय रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुँदै गएको छ । केन्द्रले पछिल्लोपटक एक हप्ताअघि लामाटार लुभूबाट ल्याएको ३७ युनिट रगत र त्यसअघि केन्द्रमा स्टक रहेको रगतले अब एक दिन मात्र धान्नसक्ने जनाएको छ । बन्दअघि दैनिक दुइ सय युनिट रगतको माग हुँदै आएकोमा अहिले र्सवसाधारणको मागमा कमी आएको छ । अहिले अस्पतालको गाडी आएर रगत लाने गरेकाले मात्र यतिका दिनसम्म उक्त रगतले धानेको हो । बन्दले गर्दा र्सवसाधारणहरू यहाँसम्म आउन नसक्ने भएकाले मागमा कमी आएको पनि केन्द्रले जनाएको छ । रगतको माग बढी भएमा एक दिनलाई मात्र पुग्ने रगत केन्द्रमा रहेको जनाउँदै केन्द्रका जनसर्म्पर्क सहायक डिल्ली अधिकारीले भन्नुभयो- "रक्त सङ्कलनका कार्यक्रमहरू स्थगित गर्दै लगेका छौँ ।" अब वैशाख १ गतेदेखि यसलाई निरन्तरता दिने पनि उहाँले जानकारी दिनुभयो । - http://www.gorkhapatra.org.np/pageloader.php?file=2062/12/30/topstories/main8
Read Full Discussion Thread for this article