Posted by: Sajha User April 11, 2006
he is King respect him
Login in to Rate this Post:     0       ?        

कसरि गरुँ म राजालाई सम्मान ?

 

जनताको पसिना मा पौडि खेल्दै, देशको ढुकुटि रित्त्याएर बिदेश घुम्ने

देशकै ढुकुटिमा छोरिको बिबाह तथा नातिको पास्नि गराऊने

सम्पुर्ण भरौटेहरुको व्याक्तिगत खर्चलाई देशको ढुकुटी बाट भैपरि आउने मा खर्च गराउने

बितेको हनिमुन लाई कहिले साउथ  अफ्रिका त कहिले पोखरा मा मनाउने

 

जन्ताको आवाजलाई बन्द गराउन टियर ग्याँस तथा गोलि चलाउने

नरभक्षक् हौ तिमि, हरेक दिन गोलि चलाउँदै जन्ता मार्ने

माओवादिको निउ बनाउँदै, देशमा तानाशाह लाद्ने

जन्ताले चुनेको सरकार लाई असक्षम् बताउने

 

२१औँ शताब्दिमा पनि राष्ट्रलाई अँध्यारोमा धकेल्ने

कहिले टेलिफोन लाइन काट्ने त कहिले इन्टरनेट नै बन्द गराऊने

रेडियो तथा पत्र-पत्रिकामा सेन्सरशिप लगाऊने

देशका पवित्र मुर्तिहरुलाई विदेशमा पुर्याउने

विश्वकै दुर्लव जनावर बिदेशिलाई भेटि चडाउने

आफ्नै दाज्यु तथा भाईको जरै देखि विनाश गर्ने

 

भन्नुस साथिहरु म कसरि सम्मान गरुँ उन्लाई???

Read Full Discussion Thread for this article