Posted by: sano_kanchha April 9, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
आज रमाइलो भयो कुरो के भने नि मेरो हात भाचिएको छ अनि अस्पताल गएर आउदै थिये । आज त सिरे दाइ पनि ठुलो झोला बोकेर राम्रा भयेर आउदै रहेछन। म विस्तारै हिडेको थिए । सिरे दाइ ले पछाडि बाट सान्कान्छा भनेर बोलाउदा त झसँग भए । हुन त सिरे दाइ हरायेको धेरै दिन नै भएको थियो , म पनि गाडि चलाउन थालेको थिये मैले पनि थाहा पाएको थिएन। म पनि २-३ दिन मात्र भयेको छ गाउ मा आएको ।सिरे दाइ त पुरा हिरो भयेको रहेछन। कालो चस्मा लेदर को ज्याकेट लगाएर आयेका मैले मन मनै सोंचे आज त जमुनि भाउजु ले पनि नचिन्ने त होइन भनेर । सिरे दाइ ले भाउजु लाइ कार्तिक मा बिहे गरेर छोडेर गएका हुन । बिहे गर्ने बित्तिकै हिडेका सिरे दै लाइ पनि कति बेला घर पुगौला भएको थियो होला । लौ सान्कान्छा मेरो सानो झोला बोक न त घर पुगे पछि लाहुर बाट ल्याएको रम Rum खालाश भन्नु भयो । दाइ यति जाबो सानो काम को लागि के के भन्छौ सिरे दाइ भन्दै म पनि सिरे दाइ सँग लागे । सिरे दाइ को घर् मा पुगेको त जमुनि भाउजु त खाना पकाउदै रहिछन् । लौ जमुनि भाउजु मैले तिम्रो बुढा लाइ ल्याइदियेको छु भनेको त भाउजु को त खुसि को सिमा नै रहेन। अगेना बाट हाम्फाल्दै बाहिर निस्किन । ननिस्कुन पनि किन यत्रो समय सम्म छुटेर बस्नु परेको , लव परेर पो बिहा गरेका पो हुन त सिरे दाइ भाउजु ले त । म त्यहा नभएको भये सिरे दाइ ले भाउजु लाइ अङ्गालो म लिन चाहेका थिए , सायद म त्यहा भाएको भएर सिरे दाइ ले त्यो गर्न सकेनन् । मैले पनि कुरो बुझि हाले। यहा बस्नु राम्रो छैन भन्ने सोचेर ल दाइ भाउजु म भोलि आउछु । आज मेरो काम पनि छ भोलि आउछु भनेर म घर् तिर लागे । सिरे दाइ लाहुर बाट भर्खर भर्खर आएका छन अब केहि दिन पछि चौपरि तिर पनि आउलान । केहि दिन त चौपरि भन्दा घर नै प्यारो हुन्छ होला नि ।ल त गाम्ले हरु आज लाइ यति भोलि फेरि चौपरि मा आउने नै छु । रमाइलो गित लियर । गर्मि पनि बढेर भुसुना ले टोकेर चौपरि मा बस्न सकियन आज । ल म त घर लागे । आमा ले खाना खान आइज कान्छा भनेर कोहोलो हाल्दै हुनुहुन्छ। लौ गाम्ले हरु अहिले म पनि लागे ।
Read Full Discussion Thread for this article