Posted by: Dada_Giri April 9, 2006
Deep----Jhino-barely
Login in to Rate this Post:     0       ?        
दिप ब्रो! म दादा_गिरी। कुरा के भने नि हामी अनेसास जापानले एउटा कथा सग्रंह प्रकाशन गर्न गइरहेका छौँ। यहाँले पनि हामीलाई सहयोग गर्नुहुनेछ भन्ने आशामा रही यो मेल लेखेको छु। सहयोगको अपेक्षामा। उही वेद पौडेल bed_poudel@hotmail.co.jp --------------------------------------------------- -अनेसास जापानको सुचना- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानले कथा संग्रह प्रकाशन गर्न गइरहेको हुनाले इच्छुक साहित्यप्रेमी मित्रहरुबाट नयाँ र मौलिक कथा लेखेर सहयोग गर्नका लागि हार्दिक अनुरोध गर्दछौँ। - कथा लोक, सामाजिक, काल्पनिक या प्रेम सम्बन्धी लगायत राजनैतिक, सामाजिक व्यगांत्मक हुन सक्नेछ। तर उग्र राजनैतिक या कुनै एक पक्षलाई ठाडो आरोप लाग्ने खालको कथालाई प्रोत्साहन दिइने छैन। जातीय, क्षेत्रीय, लैगिकं भेदभाव भएको या बिबादमा आउन सक्ने कथावस्तुलाई प्रोत्साहन दिइने छैन। - ए४ साइजमा ३-५ पेजसम्म लेख्न अनुरोध गर्दछौँ। - कथा प्राप्त हुनुपर्ने अन्तिम मिति - मेइ ३१, २००६ - प्रकाशन समिति (अनेसास जापान)ले स्तरियता हेरी, आवस्यकता अनुसार कथामा सुधार गर्न लेखकलाई अनुरोध गर्न सक्नेछ। - कथा मुल्याकंन गरी, प्रकाशन गर्ने या नगर्ने अन्तिम अधिकार प्रकाशन समिति (अनेसास जापान)सित सुरक्षित रहनेछ। - कथा संग्रह प्रकाशनमा ल्याइने मिति - अक्टोबर १, २००६ सम्पर्कका लागि हाम्रो विद्युतीय ठेगाना- inlsjapan@gmail.com धन्यबाद अनेसास, जापान http://www.inls.org/japan/rachana.htm
Read Full Discussion Thread for this article