Posted by: symlyn April 9, 2006
'श्री ५ को' भन्ने शब्द हटाइएको घोषणा
Login in to Rate this Post:     0       ?        
प्रर्दशनलाइ रोक्नको लागि प्रसाशनले कर्फयु लगाएपनि आज लुम्बिनी अञ्चलको मुख्यकेन्द्र बुटवल तथा भैरहवामा प्रर्दशन भैराखेका छन्। प्रर्दशनहरु ग्रामिणभागमा पनि कर्फयुको अबज्ञा गर्दै निस्केका छन्। कर्फयुको अबज्ञा गर्दै रुपन्देहीको डाइभरटोल देखि निस्केको हजारौ महिला सहभागि रहेको जुलसले अबदेखि श्री ५ को सरकार लेखिएका कुनै पनि कार्यालयलाइ श्री ५ को सरकार नभन्ने भन्दै 'श्री ५ को' भन्ने शब्द हटाउने घोषणा गरेको छ। त्यसैक्रममा महिलाहरुले शंकरनगरमा रहेको खानेपानि सँस्थानको कार्यालयमा लेखिएको श्री ५ सरकारलाइ मेटाएर नेपाल सरकार लेखेका छन्। - http://www.himalkhabar.com/content/view/536/1/
Read Full Discussion Thread for this article