Posted by: Rahuldai April 8, 2006
gyaane ko gaana
Login in to Rate this Post:     0       ?        
म झुक्दै नझुक्ने झेली बाउको छोरो बनेको छ पत्थरले यो छाति मेरो बगेको छ खोलो रगत दाइको नारायणहिटीमा जन्मी, बन्दुकसँग खेल्ने म झुक्दै नझुक्ने झेली बाउको छोरो अपुताली राज्यले मलाई पुग्दैन चौसट्ठी करोडले मेरो पेट भरिन्न विदेशतिर भागूँ, बरु त्यो सहन्छु तर दलका अगाडि यी हात जोडिन्नन् लागेको छ मनोरोग यो गिदीमा मेरो बगाउँछु अझै कति रगतको खोलो तस्करीमा जम्ने, तानाशाहीमा रम्ने मोहनशम्शेरको बालराजा, पञ्चायतको छोरो म झुक्दै नझुक्ने झेली बाउको छोरो म आन्दोलन सहन्छु, लोकतन्त्र सहन्नँ म मुर्दावाद सहन्छु, जनवाद सहन्नँ मेरो श्रीपेच उडाऊ, बरु त्यो सहन्छु तर "प्रजा"को शासन कदापि सहन्नँ म झुक्दै झुक्दिनँ, के नाप्छन् दलले? म झुक्दै नझुक्ने झेली बाउको छोरो। source: http://ganatantranepal.org/01/parody/p-e04;20621009.html
Read Full Discussion Thread for this article