Posted by: sano_kanchha April 7, 2006
Butwal under attack
Login in to Rate this Post:     0       ?        
ताजा समाचार: माओवादीद्वारा बुटवल तथा तैलिहवा हमला २५ चैत्र करिब पौने ९ बजे साँझ बिद्रोही माओवादीले बुटवलमा आक्रमण सुरु गरेका छन्। रकेट लन्चर लगायतका आधुनिक हातहतियार बोकेका १५ सयभन्दाबढी माओवादीले रामनगरस्थित शाही नेपाली सेनानी २२ नम्बर बाहिनी, तथा गोलपार्कस्थित प्रहरी तालिम केन्द्र र ईलाका प्रहरी केन्द्रमा धावा गर्ने प्रयास गरिरहेको बुझिएको छ। भिडन्तको क्रममा गोली तथा बिष्फोटका आवाजले बुटवल शहर निकै त्रसित रहेको छ। यसैबीच कपिलबस्तुको सदरमुकाम तैलिहवामा पनि करिब १० बजेदेखि सुरक्षाकर्मी र माओवादीबीच दोहोरो भिडन्त चलिरहेको समाचार भैरहवास्थित पत्रकार मुकेश पोखरेलले दिएकाछन्। आक्रमणको क्रममा माओवादीले तैलिहवास्थित जिल्ला प्रशासन कार्यालय, कारागार र व्यारेकमा क्षति पुर्याएका छन्।
Read Full Discussion Thread for this article