Posted by: Geman April 6, 2006
GYANENDRA KAAL --- Some Examples of Brutalities
Login in to Rate this Post:     0       ?        
from Janaastha Weekly बलात्कारको मुखबाट बाहिरि“दा विमसु bimasu2000@yahoo.com बन्दीगृह, अर्थात् यातनागृहभित्रको दारुणिक कथा हो यो । हामी २१ औं शताब्दीमा प्रवेश गर्‍यौं भन्न पनि लाजलाग्दो छ यो कथा । मानवअधिकारको फत्तुर हा“क्ने सुरक्षाकर्मीभित्रका बलात्कारी झुण्डको अत्याचारको शिकार ममात्रै होइन, थुप्रै महिला मभन्दा बढी मात्रामा भइसक्नुभएको छ । तर, म निसंकोच आफूलाई प्रस्तुत गर्ने साहस राखेर यी पंक्तिहरुमा प्रकट भइरहेकी छु । झापाको धरमपुर गाविस वडा नं. ५ मा पर्छ मेरो घर । घरकी म एक्ली छोरी हु“, न दाजुभाइ छन्, न बुबा नै । सानैदेखि हो, मेरो व्यक्तिगत जीवन जटिलताबीच हर्ुर्किएको । ममा चेतनाको विकास भएस“गै मैले महिलामाथिको उत्पीडन भोगेकी हु“ । परिवारभित्रै छोरीमाथि अन्याय भएका घटनाहरुले मैले सबैलाई आफूजस्तै ठान्न थाले“ । सामाजिक र सांस्कृतिक क्रान्ति भन्ने कुरा नबुझ्दै हो, म त्यसप्रति निष्ठावान भएकी । उमेर का“चै छ“दा म परिवर्तनको सपना देख्थे“ । धरमपुरस्थित मंगलबारेमा रहेको श्री मोति माविमा अध्ययनरत छ“दा केही राजनीतिक चेतना हासिल गर्ने अवसर पाएकी थिए“ । मैले भोगेका सामाजिक विभेदलाई ०५२ सालदेखि सशस्त्र जनयुद्धमा ओर्लिएको नेकपा -माओवादी) ले मात्रै हल गर्नसक्छ भन्ने मेरो ठम्याई रह्यो । मालेमावादको विकासबाट सामाजिक र सा“स्कृतिक संरचनामा आमूल परिवर्तन आउ“छ भन्ने विश्वासका साथ म असंगठित रुपमै भएपनि माओवादी बन्न पुग“े । जतिबेला ममा मालेमावादको चेनता हावी भयो, म एसएलसी दिएर बसेकी थिए“ । लगत्तै उच्चशिक्षा अध्ययनको सिलसिलामा काठमाडौं आई रत्नराज्य क्याम्पसमा भर्ना भए“ । रमेश श्रेष्ठ, गीता अधिकारीलगायतका अखिल -क्रान्तिकारी) स“ग सम्बद्ध साथीहरुको सर्म्पर्कले मैले पनि संगठनमा काम गर्ने अवसर पाए“ । मुलुक र जनताका लागि जनयुद्ध एउटा महान अवसर हो भन्दै म त्यसमा होमिएकी हु“, यर्सथ जस्तै यातना र मृत्यु पनि स्वीकार गरेकी थिए“ । अखिल -क्रान्तिकारी) ले ०५८ साउन ४ मा बन्दको कार्यक्रम तय गरेको थियो । हामी प्रचारप्रसारको क्रममा रातदिन हि“ड्थ्यौं । विशेषतः विद्यालयहरु गएर औपचारिक पत्रसाथ हामी बन्द सफलताका लागि आग्रह गर्दथ्यौं । त्यसै सिलसिलामा साउन ३ गते भानु, भूपाललगायतका साथीहरुस“ग म पनि बन्द सफलताको आह्वान गर्दै अनामनगरको मिलन विद्या मन्दिरमा पुगेकी थिए“ । हामी त्यहा“ गयौं र आफ्नो अनुरोधपत्र त्यहा“का प्रधानाध्यापकलाई दियौं । वातावरण सौहादर््रपर्ूण्ा थियो, प्रधानाध्यापकले हाम्रो पत्र लिए । यसो हु“दा हामीले अनुमानसम्म गरेका थिएनौं कि हामी दुश्मनको घेरामा परेका छौं भन्ने कुराको । जब हामी स्कूलको गेटबाट बाहिरिदैं थियौं प्रहरीले सबैलाई च्याप-च्याप समातेर भ्यानमा हाल्न थाल्यो । त्यसबेलासम्म अखिल -क्रान्तिकारी) लाई राज्यले आतंककारी घोषित गरेको थिएन । यातना पनि कम दिन्छ भन्ने कुरा थुनिएर छुटी आएका साथीहरुले भन्थे । मलाई पनि त्यस्तै होलाजस्तो लागेको थियो । तर, स्थिति कल्पना गरेभन्दा निक्कै नै फरक रह्यो । हामीलाई अनामनगरमा समातेर सरासर हनुमानढोका लगियो । अनामनगरबाट हामी १२ जना समातिएका थियौं र त्योमध्ये महिला ममात्र थिए“ । लगेकै दिन राती मलाई प्रहरीहरुले घर पुर्‍याइदिन्छौं भनी खोरबाट निकाले । तर, घर पुर्‍याउलान् भनेका पुलिसहरुले मलाई घर लैजा“दैन थिए । कुनै कालकोठरी जस्तो ठाउ“मा पिसाबै पिसाबको गन्ध आउने भर्ूइंमा लगेर फ्या“किदिन्थे र भोलिपल्ट बिहान फेरि हनुमानढोका पुर्‍याउ“थे । रातभरि हात र खुट्टामा हत्कडी लगाइएको हुन्थ्यो । पिसाब लाग्दा 'सर, पिसाब फर्ेन जान्छु' भन्थे“ । 'पाइ“दैन' भन्दै मलाई उल्टै हप्काउ“थे । साह्रै जिद्धी गरेपछि उत्साहित हु“दै 'ल, पाइन्टको चेन हामी खोल्दिन्छौं, अनि पिसाब फेर्..' भन्थे । मैले नमान्दा 'त्यसोभए जेसुकै गर्' भन्थे । त्यसरी मैले कहिले पनि चेन खोलेर पिसाब फर्ेन पाइन“ र पाइन्टभित्रै पिसाब फर्ेन बाध्य थिए“ । म पाइन्टमै पिसाब फेरेर पूरै दर्ुगन्धित भएकी थिए“ । रोएर अनि चिच्याएर मानसिक रुपमा म अर्धचेतको अवस्थामा पुगेकी थिए“ । शरीरका विभिन्न भागमा उनीहरु हात हाल्ने प्रयत्न गर्थे, तर म चिच्याएर त्यसको प्रतिवाद गर्थें । नेताहरु भेटाइदे, नत्र बलात्कार गरिदिन्छौं पनि भन्थे । 'हामीले बलात्कार गरेर तेरो पेटमा ७-८ महिनाको बच्चा भएपछि छाडिदिन्छौं, अनि त्यसबेला त्यो कसको बच्चा भन्छेस्' भन्दै मलाई मानसिक तनाव दिइरहन्थे उनीहरुले । दिउ“सो हनुमानढोका पुर्‍याएपछि म सरसफाई गथर्ंर्ेे यसरी चरम शारीरिक र मानसिक यातनापछि सरकार-माओवादी वार्ताको क्रम शुरु भइरहेको थियो । पार्टर्ीी सबै आस्थाका बन्दीहरुको रिहाइको माग गर्‍यो र त्यहीअर्न्तर्गत मलगायतका धेरै साथीहरु यातनागृहबाट मुक्त भयौं । continues..>>>>
Read Full Discussion Thread for this article