Posted by: Nepe April 5, 2006
Has Nepal's Orange-Revolution Begun ?
Login in to Rate this Post:     0       ?        
छाया सरकार सत्ता हस्तान्तरणको पूर्वार्द्धमै आन्दोलनकारी शक्तिहरूले छाया सरकार अथवा संरचनाको घोषणा गर्नु आवश्यक छ । यस्तो अन्तरिम सरकारमा माओवादी र राजाका नजिकका केही व्यक्तिलाई पनि संलग्न गराउन आवश्यक छ । आन्दोलनको सफलतासँगै रक्तपातविहीन शक्ति हस्तान्तरणका लागि यस प्रकारको छाया सरकार अथवा संरचना आवश्यक छ । यसले आन्दोलनको सफलतासँगै उब्जिने शक्तिशून्य अवस्थाको सिर्जना हुनबाट मुलुकलाई जोगाउनेछ र आमनागरिक तथा हाल राज्य सञ्चालनमा संलग्न कर्मचारी र सैनिकको विश्वास जित्न सहयोग गर्नेछ । छाया सरकारविना निजामती कर्मचारी, सैनिक र प्रहरीको सहयोग खोज्नु दिवास्वप्न हो । बृहत् सामाजिक सम्झौता सत्ता हस्तान्तरणका लागि सबैभन्दा महत्त्वपूर्ण बृहत् राजनीतिक सम्झौता पनि हो । यसको खाका आन्दोलन सुरुअघि प्रमुख राजनीतिक दलले जनसमक्ष ल्याउनुपर्छ । १२ बुँदे सम्झौताले केही महत्त्वपूर्ण मुद्दा उठाएको छ, तर त्यसलाई अझ प्रस्ट र उपयोगी बनाउन आवश्यक छ । सम्पूर्ण नेपालीको वर्तमान आक्रोश र पीडाको गन्तव्य यही बृहत् राजनीतिक सम्झौतालाई बनाउनुपर्छ । सम्झौतामा नेपालको भविष्यको राजनीतिक पथ, आधारभूत मूल्य र मान्यताका साथै राज्य संरचनाको व्याख्या आवश्यक छ । यही सम्झौताले नेपालको भविष्य समेट्न सक्नुपर्छ । कर्मचारी, सेना र प्रहरीको सहयोगका लागि पहल आन्दोलनको सफलताका लागि कर्मचारी, सेना र प्रहरीको भूमिका सबैभन्दा महत्त्वपूर्ण र निर्णायक हुनेछ । प्रहरी र सेनामा धेरै व्यक्ति शिक्षित र लोकतान्त्रिक अभ्यासमा विश्वास राख्ने खालका छन् । प्रहरी र सेना भएकै कारण उनीहरूलाई बेला-बेलामा जनताको शत्रुको रूपमा परिभाषित गर्ने गरिएको छ । तर यो लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन उनीहरूको सहयोग अनिवार्य छ र उनीहरूलाई विश्वासमा लिन व्यापक राजनीतिक र नागरिक पहल हुनुपर्छ । दलभित्र लोकतान्त्रिक अभ्यास प्रमुख राजनीतिक दलहरूको आन्तरिक लोकतान्त्रिक अभ्यासप्रतिको प्रतिबद्धता मूलभूत रूपमा तीन-चारवटा बुँदामा प्रस्टसँग जनाउनुपर्छ । नत्र यो आन्दोलन राजनीतिक दलहरूमा हावी अधिनायकवादको समर्थनमात्र बन्न पुग्नेछ र हाम्रो आन्दोलन उपलब्धिविहीन हुनेछ । यी प्रमुख बुँदामा राजनीतिक दलहरूको सदस्यतासम्बन्धी व्यवस्था, आर्थिक व्यवस्था, लोकतान्त्रिक निर्णय प्रक्रियाको व्यवस्था आदि विषय पर्छन् । यसमा दलका नेताहरूमा केही मात्रामा छलफल भइसकेका छन्, तर कार्यान्वयन हुनसकेका छैनन् । जनविश्वास आर्जन गर्न यो प्रतिबद्धता अपरिहार्य छ । प्रतिहिंसाको सम्भावना सत्ता हस्तान्तरणको क्रममा मात्र होइन, त्यसपछि पनि छिटपुट रूपमा प्रतिगामी हिंसाको सम्भावनालाई ध्यानमा राखेर त्योसँग जुझ्न पूर्वतयारी पनि आवश्यक छ । यसनिम्ति विदेशी र मित्रराष्ट्रहरूको सहयोग आवश्यक पर्न सक्छ । सँगसँगै बृहत् कूटनीतिक अभ्यास र सहयोगको पनि आवश्यकता छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालबाट गैरकानुनी रूपमा विदेश भित्रिएका सम्पत्ति र पैसालाई 'पि|mज' गरेर स्वदेश फर्काउने प्रयत्न सराहनीय छ । आम नागरिकको भूमिका सबैभन्दा महत्त्वपूर्ण, आन्दोलनको क्रममा आम नागरिकले आफ्नै ठाउँबाट खेल्न सक्ने भूमिकाबारे पनि व्यापक छलफल आवश्यकता छ । हरेक मित्र, परिवारजन र चिनेका मानिससँगको भेटघाटमा यही छलफल गरिनुपर्छ । हामी आफ्नो ठाउँबाट पनि, सडकमा नउत्रेर पनि राजनीतिक निकासमा सहयोग पुर्‍याउन सक्छौं, नेपालको समस्या समाधान गर्न सक्छौं र नेपाललाई पनि साँच्चै समुन्नत र रमाइलो ठाउँ बनाउन सक्छौं । हामीले चिनेकामध्ये ७ जनालाई मात्र यो कुरा मनाउन सक्यौं भने पनि आन्दोलन सफल हुनेछ । सुरु हुनलागेको आन्दोलनलाई उचित गन्तव्यमा पुर्‍याउन हामीले एकपल्ट यो कसरत गर्नु पर्नेछ । - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=70315 ______
Read Full Discussion Thread for this article